ब्रेकिंग न्युज

मध्यरातमा समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी बीच एकता ।



काठमाडौँ । मध्यरातमा  समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी बीच एकता भएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको बताईएकाे  छ ।

दुई दल बिच चार बुँदे सहमति समेत भएकाे छ । सहमति पत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने उल्लेख गरिएको छ । नया  पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्ने सहमति भएकाे छ ।  आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने भनिएको छ । एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ ।

सहमति पत्रमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादी पार्टीको तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै दुई दलले आ–आफ्नो पार्टीलाई सम्भावित विभाजनबाट जोगाउन पार्टी एकीकरण गरेका हुन् ।

प्रकाशित : ११ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६