अन्तर्राष्ट्रिय

कोरोना कहरः १ लाख ८४ हजारभन्दा बढीको मृत्यु, संक्रमित २६ लाख ३७ हजार नाघ्यो



एजेन्सी, ११ बैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या विहान समाचार तयार पार्दासम्म १ लाख ८४ हजार २ सय ३० पुगेको छ । त्यस्तै कूल संक्रमितको संख्या २६ लाख ३७ हजार ७ सय ९० पुगेको छ । कोरोना भाइरसको महामारीले अमेरिकामा मात्रै मृत्यु हुने मानिसको संख्या ४७ हजार नाघी सकेको छ ।  थप २ हजार ३२१ जनाको मृत्यु भएसँगै कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४७ हजार ६७६ पुगेको हो । अमेरिकामा संक्रमित हुने मानिसको संख्या ८ लाख ४८ हजार ९७४ पुगेको छ ।

            अमेरिकामा संक्रमितमध्ये ८४ हजार ५० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख १७ हजार २६८ जनामध्ये १४ हजार १६ को अवस्था गम्भीर रहेको छ । कोरोना भाइरसले इटालीमा बुधबार एकै दिन ४३७ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २५ हजार ८५ पुगेको छ । इटलीमा संक्रमित हुने मानिसको संख्या १ लाख ८७ हजार ३२७ पुगेको छ । इटालीमा संक्रमितमध्ये ५४ हजार ५४३ जना उपचारपछि निको भएका छन् ।  

            स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४२१ जनाको मृत्यु भएको छ भने ४ हजार २२१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २१ हजार ७१७ पुगेको छ । कोरोना भाइरसको तथ्यांक संकलन गरिरहेको वल्र्डमिटर इन्फोका अनुसार युरोपेली मुलुकहरुमा १ लाख ११ हजार २०२ जनाको मृत्यु भइसेको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित : ११ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६