काठमाडौं, ११ बैशाख । आज पनि पहाडी क्षेत्रका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन, हावाहुरी र असिना पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन, हावाहुरी र असिना पानी पर्ने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रिमनसुनी अर्थात् मनसुनअघिको गतिविधि सक्रिय भएकाले दिउँसोपछि पानी पर्नेछ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बैशाख ११ गते बिहिबार
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ।देशका पहाडी भूभागका धेरै स्थानहरुमा र मध्य र पश्चिमी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा र मध्य र पूर्वी भुभागका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
बैशाख १२ गते शुक्रबार
दिउँसोः देशका मध्य र पूर्वी भूभागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ। मध्य र पूर्वी भूभागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग रअसिना र सहित वर्षाको सम्भावना रहेको छ।पूर्वी पहाडी भूभागमा हावाहुरीको समेत सम्भावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहि पूर्वी भूभागका थोरै स्थानमा र पश्चिमि पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ।
बैशाख १३ गते शनीबार
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ।देशका मध्य र पश्चिमका पहाडी भू(भाग र पुर्वी भूभागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा र मध्य र पूर्वी भुभागका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पहाडी भूभागका धेरै स्थानहरुमा र मध्य र पश्चिम तराईका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गरहावाहुरीरअसिना सहित वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन मौषम पूर्वानुमन महाशाखाले हुन अनुरोध छ ।
प्रतिक्रिया