ब्रेकिंग न्युज

मह खाऔं घरमै बसौं अभियान :लकडाउनका बेला किसानलाई राहतमा, मौरी घार तथा गोला घर घरमा



सरीता/ सृजना थारु कपिलवस्तु ११ बैशाख कपिलवस्तुको वाणगंगा नगरपालीकाले कृषकले उत्पादन गरेको तरकारीको व्यस्थापनका लागि खेतमै पुगेर जानकारी लिदै समस्या समाधानकाको पहल गरिरहेको समयमा विहिवार किसानको घरमै पुगेर जिविकोपार्जनका लागि मौरीघार तथा गोला वितरण कार्य सम्पन्न गरेको छ । वार्षिक कार्यक्रम अन्तर्गत नगर भित्र रहेका किसानलाई व्यवसायीक रुपमा मौरीपालन तर्फ आकर्षित गरि जिविकोपार्जनमा सहयोग पुर्याउनका लागि समाग्री उपलव्ध गराएको नगरले जनाएको छ । नगरको कृषि विकास शाखावाट पचास प्रतिशत अनुदानमा ४ वटा कृषक समूह तथा १ सहकारी फर्मलाइ ५० घार मौरी गोला तथा १ मौरी घार उपलव्ध गराएको शाखा प्रमुख लेसवहादुर केसीले जानकारी दिनु भयो । 

        नगरले व्यवसायी छनौट गरि समुह र कृषि सहकारीलाई घार तथा गोला उपलव्ध गराएको हो । नगर प्रमुख मंगल प्रसाद थारु, उप प्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थी, कृषि सेवा शाखा प्रमुख लेषवहादुर केसी, कृषि अधिकृत धनिराम आचार्य सहितको टोलीले वडा नं ८ मौर्मीमा रहेको सहारा कृषक समुहलाई २० घार, वडा ६ महनहापुरमा रहेको बोलबम कृषी तथा पशु बिकास कृषक समुहलाई ११ घार, वडा नं ११ को मर्थीमा रहेको उत्तम कृषक समुहलाई १० घार, बाणगंगा १ बैरियामा रहेको साझा मौरी पालन केन्द्रलाई ५ घार र वडा न २ मा रहेको एकिकृत कृषि समुहलाई ५ घार उपलव्ध गराएको हो ।

    नगरले अनुदानमा समाग्री वितरणका लागि सूचना प्रकाशित गरि सोहि अनुसार समुह, कृषि फर्म छनौट गरेको थियो । छनौट भएका समूहको अनुगमन पछि घार हस्तान्तरण गरेको नगरका उप प्रमुख चक्रपाणी अर्यालले वताउनु भयो । लकडाउनका कारण औपचारीक कार्यक्रम नगरी घरमै गई सामाग्री वितरण गरेको उहाँले वताउनु भयो । 

प्रकाशित : ११ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६