एजेन्सी, १२ बैशाख । विश्वमा महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ सय २१ पुगेको वल्र्ड मिटरको तथ्याङ्कमा उल्लेख छ । भारतमा एकैदिन १ हजार ६६९ जनामा संक्रमण फेला परेसँगै संक्रमित हुनेको संख्या २३ हजार ३९ पुगेको छ ।
संक्रमितमध्ये ५ हजार १२ जना उपचारपछि निको भएर घर फर्केका छन् । १७ हजार ३ सय ६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सार्क मुलुकमा भारत सबैभन्दै भन्दा बढी कोरोना प्रभावित मुलुकका रुपमा अहिले देखा परेको छ । सुरुमा चीनको वुहानमा देखा परेको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा सबैभन्दा बढी प्रभावित बन्दै गएको छ ।
प्रतिक्रिया