एजेन्सी, १२ बैशाख । विश्वभरमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ९० हजार नाघेको छ । गत २४ घन्टामा मात्रैे संक्रमणबाट विश्वभर ६ हजार ५ सय ६९ जनाको मृत्यु भएको छ । विहान समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या १ लाख ९० हजार ६ सय ३२ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्ल्ेख छ । विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख १८ हजार १ सय ८ पुगेको छ । गत २४ घण्टामा मात्रै साढे ८४ हजार बढी नयाँ संक्रमित थपिएका छन् ।
७ लाख ४५ हजार ३ सय ४३ जना उपचारपछि निको भएका छन् । गत २४ घन्टामा सबैभन्दा बढी अमेरिकामा २ हजार ३ सय २२ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४९ हजार ८ सय ४५ पुगेको छ । अमेरिकामा ८ लाख ८० हजार १ सय ३६ जना संक्रमित भएका छन् । बिहीबार मात्रै अमेरिकामा ३१ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
त्यसैगरी इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ हजार ५ सय ४९ पुगेको छ । स्पेनमा मृतकको संख्या २२ हजार १ सय ५७ पुगेको छ । त्यहाँ संक्रमितको संख्या २ लाख १३ हजार नाघेको छ । फ्रान्स मृतकको संख्या २१ हजार ८ सय ५६ पुगेको छ । त्यसैगरी बेलायतमा मृतकको संख्या १८ हजार सात सय ३८ पुगेको छ । ब्राजिलमा बिहीबार ४ सय ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रतिक्रिया