रौतहट, १२ बैशाख । लामो लकडाउनका कारण दाना नहुँदा रौतहटको रौतहटकस्थित दुुईवटा पोखरीको लाखौ बराबरको माछा मर्न थालेका छन् । मौलापुर नगरपालिका वडा ८ का किसान जयराम यादव र अजय यादवको माछा मर्न थालेको हो ।
उक्त पोखरीमा झण्डै १० लाख बराबरको माछा रहेको यादवद्वयले बताएका छन् । अझै लकडाउन लम्बिने र दाना नपाए आफूले पालेका सबै माछा मर्ने डरले आफूहरुलाई राती निन्द्रा लाग्न छाडेको यादवद्वयले गुनासो गरे । विगतमा माछाबाट राम्रो आम्दानी हुने गरेको भए पनि यस पटक भएको लामो लकडाउनका कारण माछा व्यवसाय धरापमा परेको हो ।
प्रतिक्रिया