स्वास्थ्य

बालबालिकालाई खोप, स्वास्थ्यकर्मीलाई पि.पि.ई.



रुपन्देही  १२ वैशाख  बुटवलमा सुरक्षित खोप कार्यक्रम पनि सुरु भएको छ  आधारभूत स्वास्थ्य अन्तर्गत रहेको नियमित खोप सेवालाई अवरुद्ध हुन नदिन बुटवल उपमहानगरपालिकाले स्वास्थ्यकर्मीलाई पीपीइ लगाएर काममा खटाएको छ । बालबालिकाका लागि अत्यावश्यक र आधारभूत स्वास्थ्य सुरक्षाका लागि खोपको अति नै जरुरी पर्दछ । कोभिड–१९ को महामारी रोक्न लकडाउन भएपछि अन्यत्र रोकिएका बेला बुटवलले भने महामारीका विरुद्ध पूर्वतयारी संगै थप सुरक्षाको उचित प्रवन्ध मिलाएर खोप कार्यक्रमलाई सञ्चालन गरेको छ ।

        बालबालिकालाई निश्चित रोगबाट बचाउन अग्रिम दिइने एन्टिजोनलाई खोप भनिन्छ । एन्टिजोनहरू रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि निश्चित समयमा उमेर समूह अनुसार बच्चालाई लगाइन्छ । बुटवलमा अहिले लगाउन थालिएका सबै खोप विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त खोप हुन् ।खोपको सुरक्षित कार्यक्रम सञ्चालन गर्न उपमहानगरपालिकामा रहेका नगर स्वास्थ केन्द्र र स्वास्थ्य चौकीमा पीपीइ सहितका स्वास्थ्यकर्मीहरु पालो बाँडेर खटिएका छन् । उनीहरुलाई प्रमुख शिवराज सुवेदीले स्वास्थ जस्तो संवेदनशील क्षेत्रमा कुनै पनि हेल्चेक्र्याइँ नगर्न र सुरक्षित रहेर सुरक्षित पार्न आग्रह निर्देशन दिएका छन् ।  उपमहानगरमा रहेका र पीपीई लगाउँदै खोप कार्यक्रममा जुट्ने स्वास्थकर्मीहरुलाई निर्देशन दिँदै प्रमुख सुवेदीले प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन जरुरी रहेकोमा जोड दिए । विश्व अहिले कोरोना भाइरस संक्रमणको खोपका बालबालिकामा लगाइने बीसिजी र दादुरा रुबेला खोपमा अनुसन्धान गरिरहेको बेला बुटवलले नियमित सुरुआत गरेर सकारात्मक कामको थालनी गरेको छ ।

        ‘रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने र बालबालिकाका लागि अति जरुरी रहेको खोपलाई बन्द नगर्न जुनसुकै सुरक्षाको प्रवन्ध मिलाएर भएपनि सुचारु गर्नुपर्छ भनेर लागेका हौं’ प्रमुख सुवेदीको भनाइ छ । कोरोनामा देखिने लक्षण ज्वरो र श्वासप्रश्वास समस्याका लागि बीसीजी खोपलाई प्रभावकारी मानिएको छ । जन्मिने वित्तिकै लगाउनुपर्ने बीसीजी देखि विभिन्न आठ प्रकारका खोपलाई बुटवलले निरन्तरता दिएको छ । नगरका सहरी स्वास्थ्य केन्द्र, सेमलार स्वास्थ्य चौकी र मोतिपुर स्वास्थ्य चौकीमा बैशाख १० गतेदेखि सुरु भएको खोप आउँदो १४ गतेसम्म सञ्चालन हुने गरि कार्यक्रम सुरु गरिएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

        यी स्थानमा खटिने प्राविधिक तथा प्रत्येक खोप सेसनमा जाने स्वास्थ्यकर्मीलाई पीपीईसहितका स्वास्थ्य सुरक्षाका सामग्रीको व्यवस्था मिलाइएको छ । पीपीई लगाएका दुई जना स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले खोप लगाउने गरि समय तालिका मिलाइएको र उनीहरुको संयोजन स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंह नेतृत्वमा कर्मचारीहरुले गरेका छन् । बीसीजी, पेन्टा, ओपीभी, एफआइपीभी, पीभीसी, एमआर तथा जेई र टीटी नामका खोप लगाउन सुरु गरिएको छ । यी खोपहरु जन्मिदेखि २३ महिनाको बच्चालाई लगाउनुपर्ने हुन्छ । कतिपय खोप १२ वर्षको बच्चासम्मलाई दिने खालका हुन्छन् । जन्मिएदेखि २३ महिना पुगेका उमेर समूहका बच्चाहरु हाल बुटवलमा झण्डै छ हजार जना रहेको उपमहानगरको स्वास्थ्य शाखाको तथ्यांकमा छ । 

        बुटवलमा हाल वर्षभरिमा पाँच सय ५२ खोप सेसनहरु सञ्चालन हुँदै आएका छन् । यस क्षेत्रमा बीसीजी खोप ११ हजार ४०, डीपीटी हेप वी हिव १२ हजार तीन सय ८०, एमआर ११ हजार छ सय ७० तथा टीटी १० हजार ५० र जेई तीन हजार पाँच ११ जनाले वार्षिक रुपमा लगाउने गरेको स्वास्थ्य शाखाको तथ्यांकमा छ । 

प्रकाशित : १२ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६