कपिलवस्तु १२ वैशाख । कोरोना संक्रमित हुन सक्ने भन्दै सडक किनारामा घाइते अवस्थामा पल्टी रहेका एक अपरिचत ब्यक्तिको २४ घण्टा सम्म उद्दार हुन सकेन । बुद्धभुमि नपा ४ हनुमानचोकदेखि २सय मिटर पुर्व राजमार्गको किनारामा बैशाख १० गते दिउसो देखि घाइते अवस्थामा सडक किनारामा मृत्यु सगं लडी रहेका एक ब्यक्तिको इन्सेक सहजकर्ताको पहल पछि आज विहान १२ बजे उद्दार गरि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ ।
बोल्न राम्रो सगं नसक्ने वाया हात भाचिएको र घाइते अवस्थामा उनी कसरी सडक किनारामा लडाए खुल्न सकेको छैन । साथमा पानीको बोतल राखेका करिव ३०,३५ वर्षका युवक को हुन र कहावाट आएका हुन पुष्टि हुन सकेका छैनन । तर उनले बल्लबल्ल इमिलिया घर बताउने र आफ्नो नाम दिनेश भनेका थिए । तर इमिलियाका कसैले पनि नचिनेको बताएका थिए । अघिल्लो दिन दिउसो सडक किनारामा पल्टी रहेको अवस्थामा बाखा्र चराउन जाने गोठाललाले देखेको रहेछन साझ पानी परि रहेकोले गोठालाहरु घरमा गए तर उनीभने सडक किनारामा छटपटाई रहे ।
११ गते विहान इलाका प्रहरीले जानकारी पाएर घटना स्थलमा पुगो र स्थानीय वडा अध्यक्ष, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत स्वास्थ्य शाखा प्रमुख लाई जानकारी दिएको र हेरेर पनि फर्केका रहेछन तर १२ बजे सम्म उद्धारका लागी कोही तयार देखिएनन । इमिलिया निवासी विस्नु खनालले फोन गरि एक जना ब्यक्ति हिजो देखि सडक किनारा झाडीमा लडी रहेको छ कसैले उद्दार नगरेको भन्दै जानकारी दिए लगतै म घटना स्थलमा पुगे त्यहा जादा कोहि ब्यक्ति थिएनन् एक जना बाखा्र हेर्ने गोठालाई सोधे र उनले घटना स्थल देखाइ दिए । उनले हिजो देखि त्यहि रहेको बताइन । बोलाउदा अलि अलि बोल्न खोज्ने हात खुट्टा चलाएको जिवित अवस्थामा छट्पटाई रहेका थिए । त्यहि घटना स्थलवाट प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेललाई घटना वारे जानकारी गराइयो , डिएस्पी सुनिल मल्ल , बुद्धभुमिका स्वास्थ्य शाखा प्रमुख इलाका प्रहरी कार्यालय गोरुसिहेंसगं समन्वयगरि उक्त ब्यक्तिलाई उद्दार गर्न आग्रह गरे पछि । केहि बेरमै इलाका प्रहरी कार्यालय गोरुसिहेंवाट इक्सपेक्टरको नेतृत्वमा प्रहरी आइपुग्यो, त्यस पछि बुद्धभुमि नपाको एक्बुलेन्स र पीपिए लिएर स्वास्थ्य शाखा प्रमुख डोलविक्रम बेलवासे आइ पुगे पछि उक्त ब्यक्तिलाई प्रहरीले पिपिए , चस्मा,हातमा गल्र्भस लगाई एम्बुलेन्समा राखि जिल्ला अस्पताल लगियो । इमिलियाका केहि स्थानीयहरुको समेत आएका थिए ।








प्रतिक्रिया