स्याङ्जा, १२ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाले कोरोना भाइरस रोकथाम र सहयोगको लागि सरकारले स्थापना गरेको कोषमा रु चार लाख रुपैया जम्मा गरेको छ । मनकारी स्याङ्जाका नेताहरुले कोरोना उपचारमा सहयोग गर्ने उद्देश्यले उक्त रकम सहयोग गरेको बताइएको छ ।
नेकपा स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे पारसले बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई र प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई २\२ लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
प्रतिक्रिया