प्रदेश

क्वारेन्टाइनमा खाना खुबाउने जिम्मा स्वास्थ्यकर्मीलाई,किन यस्तो निर्णय भयो त ?



कपिलवस्तु १२ वैशाख कपिलवस्तुको शिवराज नगरपालिका भित्र रहेका तीन वटा क्वारेनटाइन स्थलमा बसेका नागरिकहरुलाई स्वास्थ्यकर्मीले खाना खुवाउन थालेका छन् । शिवराज नगरपालिकाले चन्द्रौटामा रहेको एक क्याट्रीङ्गलाई जिम्मा दिएको भएपनि क्वारेन्टाइनमा बसेकाहरुले असुन्तुष्टि जनाएपछि  नगरले स्वास्थकर्मीहरुलाई जिम्मा दिएको हो । नगरपालिकाले गरेको अनुगमनका क्रममा क्याट्रीङ्ग संचालकले खाना स्वास्थकर नदिएको पाएपछी सम्झौता रद्ध गर्दै खानाको प्रवन्ध मिलाउन स्वास्थ्यकर्मीलाई जिम्मा दिएको नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो ।

        शिवराज नगरपालिका ३ मा रहेको सुपादेउराली क्वारेन्टाइनमा स्वास्थ्यकर्मी जित बहादुर विसी,राजेश कुवर र हनुमान प्रसाद कहारलाई जिम्मा दिइएको स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराईले बताउनुभयो । शिवराज नगरपालिका ५ चन्द्रौटा दुर्गा मन्दिरको क्वारेन्टाइनमा प्रमोद ज्ञवली,विष्णु क्षेत्री र लेखनाथ पौडेललाई खाना खुवाउन जिम्मा दिइएको छ । शिवराज नगरपालिका ९ बिजगौरीको विद्यालयमा रहेका नागरिकहरुलाई बिरेन्द्र कुमार मिश्र र प्रकाश पोख्रेलले खानाको व्यवस्थापन गर्ने जिम्मा पाएका छन् । क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई स्वस्थकर खाना खुवाउनुपर्ने भएकोले स्वास्थकर्मीले सहजिकरण गरेको स्वास्थ्य अधिकृत लेखनाथ पौडेलले बताउनुभयो । 

        शुक्रवार सम्म शिवराज नगरपालिकामा ८६ जना नागरिक क्वारेन्टाइनमा रहेका छन् । सुपा देउरालीमा ३८ जना,दुर्गा मन्दिरमा १३ जना र बिजगौरी विद्यालयमा ३५ जना रहेका छन् । उनीहरुलाई बिहान ८ बजे खाँजा, ११ बजे खाँना दिउसो ३ बजे खाजा र साँझ ७ बजे खाँनाको व्यावस्था गरीएको छ ।

प्रकाशित : १२ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६