एजेन्सी, १३ बैशाख । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण अधिकांस जोडीहरुका विवाह स्थगित भए । तर पनि दक्षिण कोरियाको सिओलका एक जोडी भने महामारीबिच वैवाहिक बन्धनमा बाँधिए । सिओलका जिसु हा र जी–य ले एउटा खाली हलमा भर्चुअल (अनलाइन) विवाह गरेका हुन् । दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम कम्पनीले उनीहरुको लागि भर्चुअल विवाहको आयोजना गरेको हो ।
कम्पनीले महामारीका कारण समस्यामा परेका मानिसहरुलाई सहयोग उद्देश्यसहित सञ्चालित अभियान अन्तर्गत यो कदम चालेको जनाएको छ । विवाह समारोहमा ५० साथी तथा परिवारका सदस्यहरुले ‘जुम’ मार्फत ४५ मिनेटको सो विवाह कार्यक्रममा सहभागिता जनाएका थिए भने युट्युबमा पनि यसको प्रत्यक्ष प्रसारण गरिएको थियो । विवाह स्थलमा राखिएको ठूलो डिस्प्ले बोर्डमा जोडीले रियल टाइममा आफन्तीसँग भलाकुसारी गरेका थिए ।
प्रतिक्रिया