लुम्बिनी

बन्दाबन्दीमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने १५ सवारी साधन नियन्त्रणमा



राझा, १४ बैशाख । बाँकेमा बन्दाबन्दीका समयमा लुकिछिपी नदीजन्य पदार्थको अवैध उत्खननमा प्रयोग भएका १५ ढुवानी साधन नियन्त्रणमा लिइएको छ । डुडुवा गाउँपालिका–५ कम्दी नजीक राप्ती नदीबाट बालुवा तथा गिट्टी उत्खनन गरिरहेका अवस्थामा  डोजर दुई, ट्रयाक्टर सात र टिपर ६ गरी १५ ढुवानी साधन सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी बाँके नेपालगञ्जले नियन्त्रणमा लिएको हो ।

        नियन्त्रणमा लिइएका ढुवानी साधनलाई आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समिति बाँकेमा बुझाइएको छ । जिल्ला समन्वय अधिकारी हरि प्याकुरेलले बन्दाबन्दीमा डोजर प्रयोग गरी नदीबाटै उत्खनन गर्ने कार्यमा संलग्न ढुवानी साधनलाई कारवाही गरिने जानकारी दिँदै उत्खननमा संलग्नको खोजी भइरहेको  बताउनुभयो । यसअघि इलाका प्रहरी कार्यालय कम्दीबाट गएको टोलीले गत मङ्गलबार अवैध उत्खनन गर्दै गरेका अवस्थामा डोजर र टिपरसहित चालकलाई नियन्त्रणमा लिएको थियो । 

        बन्दाबन्दीमा नदीजन्य पदार्थको उत्खननसम्बन्धी समाचार राससमा प्रकाशन भएपछि नियन्त्रणका लागि गाउँपालिका, प्रहरी र जिल्ला समन्वय समितिले चासो देखाएका छन् ।  बन्दाबन्दीमा समेत दिनरात नदीजन्य पदार्थको अवैध रुपमा उत्खनन गरेको पाइएपछि नियन्त्रणको लागि इलाका प्रहरी कार्यालयमा खवर गरिएको डुडुवा गाउँपालिका वडा नं ५ का वडाध्यक्ष परशुराम बुढाथोकीले बताउनुभयो ।   डुडुवासँगै जोडिएको छिमेकी राप्तीसोनारी गाउँपालिकाको वडा नं ३ खैरेनी र साइपुर नाका, वडा नं४ को लालपुर, वडा नं ५ को आलिनगर र ललै नाकाबाट नदीजन्य पदार्थको अवैध रुपमा निकासी हुने गरेको छ । (रासस)

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६