धनुषा, १४ बैशाख । प्रदेश २ का ८ जिल्लामा रहेका शंकास्पद विरामीको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न विज्ञहरू परिचालन गरिएको छ । प्रदेश नं. २ कोरोनाको दृष्टिकोणले उच्च जोखिममा रहेकोले विज्ञ टोली परिचालन गरिएको हो । नेपाली सेना, मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान), र इडिसिटीबाट आएका प्राविधिक टोलीले स्वाब संकलन सुरु गरेका हुन् ।
प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले काठमाडौंबाट आएका ६ र जनकपुरका २ गरी आठ टोली शङ्कास्पद ठानिएका एक हजार पाँच सयको स्वाब सङ्कलनमा खटिएको बताउनुभयो । प्रदेशमा हालसम्म पाँच जना सङ्क्रमित छन् । शनिबारदेखि सिराहाको लहान, गोलबजार, मिर्चैया, कल्याणपुर र सिरहा नगरपालिकाको क्वारेन्टाइनमा रहेकाको स्वाब संकलन सुरु गरिएको छ ।
प्रतिक्रिया