कपिलवस्तु १४ बैशाख ।भारतमा कोरोनाको जोखिम दिन दिनै वढदा पनि भारतिय तरकारी र फलफुल नेपाल आयात हुने क्रम रोकीएको छैन । प्रदेश नम्वर ५ का सुनौली, सुठौली, कृष्णनगर र नेपालगन्जवाट अझै सम्म पनि दैनिक सरदर २० गाडी तरकारी र फलफूल भित्रिएको हो । भारतिय तरकारी सवै भन्दा वढी भित्रिने नाका सुनौली हो । अन्य नाकावाट छिटपुट मात्रामा तरकारी भित्रीएका छन् ।
प्रदेश नं. ५ हुदै भित्रीएका तरकारी मध्ये सवै भन्दा वढी आलु र प्याज रहेको छ । आलु र प्याजमा अहिले भारतिय उत्पादनको भरमा परेको छ । आलु र प्याज वाहेकका हरीया तरकारी पनि यी नाका हुदै नेपाल आयात हुने गरेको छ । जवकी नेपालमा उत्पादन भएका हरीया तरकारीले वजार पाउन नसक्दा कृषकहरु मारमा परेका छन । तरकारी विक्री नभएर कृषकलाई समस्या हुदा पनि भारतिय हरीया तरकारी निषेध गर्न नसक्नु वा नखोज्नु आफैमा अनौठो मानिएको छ ।रुपन्देहीमा रहेको कृिष प्रयोगशाला बुटवलको विवरण अनुसार भारतिय तरकारी आयात केहि घटेपनि अहिले सम्म आउने क्रम उल्लेख्य रुपमा रहेकोछ । ती तरकारी र फलफूल विषाधी परीक्षणका लागी बुटवल स्थित प्रयोगशालामा आउने गरेको प्रमुख उमा शंकर पाठकले वताउनु भयो । साविक लुम्विनीका भन्सार नाकावाट बैशाख २ देखि बैशाख ८ सम्मको आयात यस्तो छ ।
बुटवल उपमहानगर पालिकाले बुटवल स्थित सब्जी मण्डीमा ल्याउन रोकेकोछ । तिलोत्तमा नगरपालिका रुपन्देही र बाणगंगा नगरपालिका कपिलवस्तुले भारतीय तरकारी आयातमा रोक लगाएकोछ । तर सिमा जोडिएका शिद्धार्थ नगर नगरपालिका भैरहवा , लुम्विनी साँस्कृतिक नगरपालिका,कपिलवस्तुका यशोधरा शुद्धोधन र मायादेवि गाउपालिका, कपिलवस्तु नगरपलिका, महाराजगंज र कृष्णनगर नगरपालिकाले खुलेयाम हुने तरकारी आयातमा रोक लगाएका छैनन् । त्यसो त प्रदेश ५ सरकार र संघिय सरकारले त आयात रोक्ने वारेमा कुनै धारणा पनि बनाएका छैनन् ।
यता कृषि प्रयोगशाला बुटवलका उमा शंकर पाठकले भन्नु भयो हामीलाई कोरोना संक्रमणको जोखिम रहेको छ । विना सुरक्षा हामीले काम गर्नु परेको छ । हामी संग तरकारीमा विषाधी चेक गर्ने किट मात्र रहेको छ त्यो पनी केही दिनमा सकिन लागेको छ उहाले वताउनु भयो ।भैरहवा भन्सार कार्यलयका भन्सार अधिकृत पुर्ण प्रसाद लम्सालका अनुसार दैनिक २० देखि २५ ट्रकका दरले हरीया तरकारी र फलफुल नेपाल आयात भई रहेका छन् । आलु र प्याज सहितजोड्दा दैनिक सरदर ४० गाडी आयात भएको लम्सालले वताउनु भयो । लकडाउन हुनु अगाडी भन्दा यो संख्यामा धेरै गिरावट आएको छ ।
भन्सार कार्यालय कृष्णनगरका प्रमुख विष्णु पौडेलका अनुसार ३ दिनवाट भारतिय हरीया तरकारी आयात नभएको वताउनु हुन्छ । यता नेपालगंज हुदै भएको आयात छिटपुट मात्रामा भएको वताईएको छ । कृषकको दवावका कारण हरीयो तरकारी भित्रिन कमी आएको छ । कहिले काही आएको देखिन्छ । नेपालकै उत्पादन खपत गर्ने स्थानिय तहको प्राथमिकता उच्च वन्दै दवाव पुगेमा भारतवाट आयात हुन छाड्ने नेपालगन्जका वरिष्ठ क्वारेन्टाईन अधिकृत खुमन वहादुर खत्रीले वताउनु भयो ।
यता प्रदेश ५ कृषि भूमि तथा सहकारी मन्त्रालयका प्रबक्ता विनोद घिमिरेका अनुसार प्रदेश ५ सरकार एक्लैले भारतीय तरकारी आयातमा रोक लगाउन नसक्ने वताउनु भयो । भन्सार नाका हेर्ने काम संघिय सरकारको हो भन्दै प्रदेश सरकारले संघले नचाहदा सम्म केहि गर्न मिल्दैन उहाले भन्नु भयो । घिमिरेले सुनौली नाका हुदै आएको तरकारी राजधानी शहर देखि पोखरा सम्म पुग्ने भएकाले प्रदेश सरकारले अहिले सम्म त्यस्तो रोक लगाउने वारे कुनै निर्णय नगरेको प्रष्टयाउनु भयो ।
प्रतिक्रिया