कपिलवस्तु १५ बैशाख ।भारतीयलाई नेपाल प्रबेशमा कडाई गरेवापत २ नेपाली प्रहरी भारतीयवाट कुटिएका छन् । नेपाली सिमामा रोकेका उनीहरुलाई प्रबेश चाहाने भारतीयले घेराबन्दी गरि भारतमा लगेर कुटिएको विवरण वाहिर आएको छ । सिमावाट घेराउमा पारेर कसरी प्रहरीलाई भारतमा पुराइयो र त्यो सबै घटना समयमै किन नेपालको सुरक्षा निकायमा जानकारीमा आएन ?खुलाइएको छैन । कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शमसेर जवराले नेपालका प्रहरीमाथि हात पाएको जानकारी आएपछि अनुसन्धान अघि वढाइएको वताउनु भयो ।
विवरण अनुसार भारतिय नागरिकले दुई नेपाली प्रहरीलाई नियन्त्रणमा लिई कुटपिट गरेका हुन् ।भारतसँग सीमा जोडिएको कपिलवस्तुको यशोधरा गाँउपालिका वडा नम्बर ७ को सेमरी गाँउको सिमाको सुरक्षामा खटिएका प्रहरी चौकी मर्यादपुरका दुई प्रहरीलाई भारतीय सीमावर्ती शोहरतगढ थाना खुनुवा चौकीको परसौना गाँउका केहि स्थानीयले नियन्त्रणमा लिई कुटपिट गरेको खुल्न आएको छ ।प्रहरी चौकी मर्यादपुरमा कार्यरत प्रहरी हवल्दार बशिष्ठ यादव र प्रहरी जवान ईश्वर ज्ञवालीलाई भारतका स्थानीयले सेमरीस्थित नो मेन्स ल्यान्डबाट नियन्त्रणमा लिई कुटपिट गरेको खुल्न आएको छ ।
सिमा क्षेत्रमा भारतबाट प्रवेश गर्न खोजेका नागरिकलाई कडाई गरेका कारण डयुटीमा रहेका प्रहरीलाई करिब आधा घण्टा नियन्त्रण गरी भारततर्फ लगी भारतीय नागरिकले कुटपिट गरेका हुन् ।भारतीय नागरिकको नियन्त्रणमा परेका नेपाल प्रहरीलाई केहि चोट लागेको भएपनि अवस्था सामान्य रहेको खुल्न आएको छ । यस बिषयमा स्थानीय प्रशासन र प्रहरी बोल्न चाहदैनन् । तर भारतीय नागरिकले नियन्त्रणमा लिएका दुवै प्रहरी सकुशल नेपाल प्रहरीको सम्पर्कमा आएको कपिलवस्तुका प्रहरी उपरिक्षक दिपशम्सेर जबराले पुष्टि गर्नु भएकोछ ।
प्रतिक्रिया