ब्रेकिंग न्युज

झगडाले नास हुन्छ, मिले जितिन्छः मुख्य मन्त्री पोख्रेल



काठमाडौं, १५ बौशाख । प्रदेश नं. ५ का मुख्यमन्त्री तथा नेकपाका नेता शंकर पोखरेलले पार्टी एकता जोगाउन विश्वास र सहकार्यको वातावरण सिर्जना गर्न अपिल गर्नुभएको छ । प्रधानमन्त्री ओलीका निकट मानिने मुख्यमन्त्री पोखरेल यतिबेला काठमाडौंमा सक्रिय रहनु भएको छ ।  सत्तारुढ दल नेकपाभित्र पछिल्ला केही दिन यता देखिएको संकट समाधानका लागि पोखरेल प्रधानमन्त्री केपी ओलीसँग छलफलमा गर्नुभएको छ ।

            नेता पोखरेलले आपसी कटाक्ष बन्द गर्न नेकपाका नेता कार्यकर्तालाई अपिल गरेका गर्नुभएको हो । पोख्रेलले झगडा गरेमा नासिने र मिलेमा जितिने भएकाले गम्भीर बन्न आग्रह गर्नुभएको छ । मिलेमा जितिने र झैझगडाले नसिने भएका कारण गम्भीर बन्न उनले आग्रह गरेका छन् । नेकपामा राजनीतिक संकट चुलिँदै जाँदा प्रधानमन्त्री ओलीले नेता पोखरेलमार्फत नेता माधव कुमार नेपाल लगायत अन्य नेताहरुसँग छलफल जारी राख्नु भएको छ । 

प्रकाशित : १५ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६