अर्थ-वाणिज्य

कृषि एम्बुलेन्सले किसान हर्षित उपभोक्तालाई फाइदा



रामपुर, १५ बैशाख ।   कृषि एम्बुलेन्समार्फत घरघरमा तरकारी उपलब्ध गराउन शुरु गरिएपछि उपभोक्ता बिचौलियाबाट मुक्त भएका छन् । लकडाउनलाई ध्यानमा राखी  तानसेन नगरपालिकाले युवा परिषद्को व्यवस्थापनमा घरबाटै ताजा तरकारी उपभोक्ताले खरीद गर्न पाएका छन् । एक किलो तरकारीमा कृषकबाट लिएको मूल्यमा आधा बढी मूल्य तिरेर खरीद गर्न बाध्य यहाँका उपभोक्ता अहिले कृषककै खेतबारीकै मूल्यमा तरकारी खरीद गर्न पाएपछि खुशी छन् ।

            व्यापारीले कृषकबाट सस्तो मूल्यमा तरकारी खरीद गरेर महँगो मूल्यमा बिक्री गर्दा उपभोक्ता मारमा पर्दै आइरहेको तानसेन बजारमा कोठा भाडामा बस्दै आउनुभएको सरस्वती रेग्मी बताउनुहुन्छ । “एक किलो तरकारीमा आधा बढी नै नाफा खाएर व्यापारीले बेच्छन्, लकडाउनमा कृषि एम्बुलेन्स शुरु भएपछि घरघरमा ताजाताजा तरकारी आउँछ, कृषकले खेतबारीमा नै बेच्ने मूल्यमा हामीले खरीद गर्न पाएका छौँ”, उहाँले भन्नुभयो । 

कृषकले उत्पादन गरेका कृषि उपज उपभोक्ताको घर घरमा सहज रुपमा पु¥याउन सदरमुकाम तानसेन क्षेत्रमा कृषि एम्बुलेन्स संचालनमा ल्याइएको हो । कृषि एम्बुलेन्स सेवाअन्तर्गत प्रतिकिलो काउली रु २०, बन्दा रु १० र  काँक्रा रु ४० मा खरीद मूल्यमा नै बिक्री भइरहेको छ ।

दैनिकजसो चारदेखि पाँच कृषि एम्बुलेन्समार्फत तानसेनलगायत विभिन्न स्थानमा कृषकको खेतबारीमै पुगेर तरकारी खरीद गर्ने र उपभोक्तालाई घरघरमा पु¥याउने कार्य भइरहेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ ।

            भीडभाड नगरिकन दूरी कायम गरेर तरकारी खरीद गर्ने र उपभोक्तामाझ पु¥याउने कार्य भइराखेको प्रमुख अर्यालको भनाइ छ । तरकारी खरीदबिक्रीका लागि जिल्लामा कृषि ज्ञानकेन्द्र, तरकारी जोन कार्यालय र  सहकारीका तीन गाडी प्रयोगमा ल्याइएको छ । तानसेन क्षेत्र, बगनासकाली गाउँपालिका र  राजमार्ग आसपास क्षेत्रका घरघरमा तरकारी उपलब्ध गराइएको छ ।

प्रकाशित : १५ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६