लुम्बिनी, १५ बैशाख । रुपन्देहीमा एक महिलालाई आफन्तबाट नै कूटपिट भएको छ । जिल्लाको गैडहवा गाँउपालिका वडा नं। २ बिचौवापुर बस्ने रुपा सुनारलाई बिभिन्न लाञ्छना लगाई सासू र जेठानी द्वारा कूटपिट गरिएको हो । श्रीमान बिराज सुनार एक बर्ष देखि बैदेशिक रोजगारको सिलशिलामा मलेशियामा छन् । उनलाई सासूआमा अमारी नेपाली र जेठानी लक्ष्मीनेपाली लगायतले सामूहिक रुपमा निर्घात कूटपीट गरेको पीडितको भनाई छ । कुटिएकी महिलाले सासू आमाको आफन्ती पर्ने गैडहवा गाँउपालिका २ का वडा अध्यक्ष तुलबहादुर पुन कै ठाडो निर्देशनमा आफू माथि कूटपीट भएको आरोप लगाएकी छिन् ।
घटना सम्बन्धमा वडा अध्यक्षसँग जानकारी लिनखोज्दा उनले सासू बुहारी बीच झगडा हुन लाग्दा आफू त्यहाँ पुगेर समझाई बुझाई मात्र गरेको बताए । आफु माथि लागेको आरोप बिपक्षीहरुले षडयन्त्र गरि फसाउन लागेको उनले बताए । कूटपीट सम्बन्धमा छलफलका लागि दुबै पक्षलाई बोलाइएको पोहवा प्रहरी चौकीले जनाएको छ ।
प्रतिक्रिया