ब्रेकिंग न्युज

ओली —नेपाल पक्षका नेताहरुको छलफल सकारात्मक , ३ अध्यक्ष रहने प्रस्ताव ,सबैतहका मन्त्री मण्डल र सचिवालय पुनरगठन गर्न ओली तयार



काठमाडौं १५ बैशाख   नेकपाभित्रको रस्साकसीलाई संवाद र सहमतिवाट समाधान  गर्न दिनभरजसो वार्ता र छलफल भएका छन् । केपि शर्मा ओली र माधव नेपाल बीच सोमवार विहान भएको वान टु वान वार्तावाट समाधानका लागि कार्यदल बनाएर छलफल गर्ने सहमति अनुसार माधव नेपालका पक्षवाट ३ र केपि ओलीका पक्षवाट ३ जना महासचिव विष्णु पौडेल साझा रहने गरि माधव नेपालको घरमा दिनभर छलफल भएको छ । छलफलको अन्तिम निष्कर्ष वाहिर नआएपनि माधवलाई प्रचण्डपछिको अध्यक्ष बनाउने , मन्त्री मण्डल पुनरगठन गर्ने , प्रदेश सरकार पुनरगठन गर्ने लगायतका विषयमा छलफल भएको छ । छलफल सकारात्मक दिशामा रहेको वताइन्छ । छलफलमा विष्णु पौडेल ,इश्वर पोख्रेल ,शंकर पोख्रेल , प्रदिप ज्ञवाली, भिम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे रहनु भएको  थियो । राजनैतिक संवादवाट निष्कर्ष निकाल्न भै  रहेको वार्तासंगै नेकपा सांसदको गणित पनि यतिबेला 

        राजनैतिक सहमति नआएमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरुले दुईवटा रणनीति अख्तियार गर्ने तयारी गरेको बुझिएको छ । पहिलो संसदीयदलमा बहुमत कायम राख्ने ,यसका लागि ओलीलाई करिब १० सांसदको कमी हुनेछ   ।केपी ओलीसँग बिष्णु पौडेल रहँदासम्म उनको यो संख्या हो । प्रदेश नम्बर ५ का केही सांसदहरु विष्णु पौडेल जता जान्छन्, उनकै पक्षमा जानेखालका छन् । छविलाल विश्वकर्मा, दलबहादुर रानाहरुमात्र होइन, हृदयेश त्रिपाठी र बृजेश गुप्ताहरु पनि पौडेलसँग निकट छन् ।

संसदीय दलको शक्ति सन्तुलन :

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार टिकाउने बहुमतका लागि १३८ जना सांसद चाहिन्छ । अहिले नेकपासँग अत्यधिक बहुमत अर्थात, कुल १७४ सांसद छन् । यीमध्ये पूर्वएमालेबाट १२१ र पूर्वमाओवादीबाट ५३ जना सांसद प्रतिनिधिसभामा छन् ।प्रतिनिधिसभामा पूर्वएमालेबाट प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ सांसद छन् भने पूर्वमाओवादीबाट प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सांसद छन् । पूर्वएमालेका १२१ मध्ये ओली समूहका ७८ जना छन् भने माधव नेपाल समूहका ४३ सांसद छन् ।यो हिसाबमा फेरबदल आएन भने नेकपाको संसदीय दलमा बहुमत नगुमाउन र दलको नेताबाट हटाउने योजना असफल पार्न केपी ओलीलाई थप १० सांसद आवश्यक पर्ने देखिन्छ ।

        पूर्वमाओवादीका सबै प्रचण्डकै नेतृत्वमा रहँदा उनीसँग ५३ सांसद रहनेछन् । माधव नेपाल, झलनाथ र वामदेव पक्षका बाँकी सांसद एकै ठाउँमा उभिँदा दलको नेतामा ओलीका लागि संख्या अपुग हुनेछ ।तर, यो संख्या एक दर्जन हाराहारीमात्रै हुने भएकाले १० जनालाई आफूतिर तान्न सकिने विश्वासमा ओली खेमाका नेताहरु देखिन्छन् ।  यदि राजतीति तहमा कुरो मिल्यो भने नेकपाको अन्तरविरोध गणितीय चरणमा प्रवेश नगरी टर्न सक्छ । तर, यसका लागि माधव नेपाल पक्षको माग अनुसार ओलीले  चित्त बुझाउन सक्नु पर्ने हुन्छ ।  अझ योभन्दा परसम्म विवाद चर्कियो र स्थायी कमिटीको बैठकको सामना गर्नुपयो भने ओलीले दुवै पद गुमाउनुपर्ने सम्भावना पनि उत्तिकै रहेको माधव नेपाल पक्षका नेताहरुको विश्लेषण छ ।

यस्तो छ अंक गणित :

ओली पक्षका सांसद (७८ जना) :

केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, वसन्तकुमार नेम्वाङ, लालप्रसाद साँवा, राजेन्द्र गौतम, राजेन्द्र राई, घनश्याम खतिवडा, भानुभक्त ढकाल, विशाल भट्टराई, लीलानाथ श्रेष्ठ, रघुवीर महासेठ, पार्वत गुरुङ, भूमिप्रसाद त्रिपाठी, खेमप्रसाद लोहनी, कृष्णबहादुर राई, ईश्वर पोखरेल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, नवराज सिलवाल, गोकुल बाँस्कोटा, कृष्णप्रसाद दाहाल, पोल्देन छोपाङ गुरुङ, खगराज अधिकारी, विद्या भट्टराई, जगतबहादुर सुनार, कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल, नारायणप्रसाद मरासिनी, पद्माकुमारी अर्याल, तिलकबहादुर महत, प्रेमप्रसाद तुलाचन, भुपेन्द्रबहादुर थापा, सूर्यप्रसाद पाठक, पदम गिरी, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, दलबहादुर राना, विष्णु पौडेल, वृजेसकुमार गुप्ता, नन्दलाल रोका क्षेत्री, हृदयेश त्रिपाठी, रवीन्द्रराज शर्मा, नवराज राउत, लालबहादुर थापा, प्रेमबहादुर आले, नारदमुनि राना, गणेशसिंह ठगुन्ना, दामोदर भण्डारी, नरबहादुर धामी, भैरवहादुर सिंह ।

        विजय सुब्बा, मोहन बानियाँ, मोतिलाल दुगड, थममाया थापा, डा.शिवमाया तुम्बाहाङ्फे, सुजिता शाक्य, बिना श्रेष्ठ, नविना लामा, शान्तिमाया पाख्रिन, कुमारी मेचे, बिनादेवी बुढाथोकी मगर, राधाकुमारी ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, निरुदेवी पाल, मनकुमारी जिसी, विष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तीर्था गौतम, शान्ता चौधरी, गंगा चौधरी (सत्गौवा), बिमला विश्वकर्मा, आशाकुमारी विक, जुलीकुमारी महतो रेखाकुमारी झा, सरिताकुमारी गिरी, सानु शिवा ।

माधव नेपाल पक्षका सांसदहरु (४३ जना) :

झलनाथ खनाल, माधवकुमार नेपाल, योगेश भट्टराई, पवित्रा निरौला, भवानी खापुङ, लालबाबु पण्डित, जयकुमार राई, यज्ञराज सुनुवार, गणेशकुमार पहाडी नारायणप्रसाद खतिवडा, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, शेरबहादुर तामाङ, विरोध खतिवडा, सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डेय, घनश्याम भुसाल, मेटमणि चौधरी, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, राजबहादुर बुढा क्षेत्री, ध्रुवकुमार शाही, भीम रावल, यज्ञबहादुर बोगटी, झपट रावल, दीपकप्रकाश भट्ट, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, तुल्सी थापा, कल्याणीकुमारी खड्का, मायादेवी न्यौपाने, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु विमलाकुमारी विश्वकर्मा, पार्वतीकुमारी बिसुंखे, डा. पुष्पा कुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कालिला खान, समिना हुसेन । 

प्रचण्ड पक्षका सांसदहरु (५३ जना) :

पुष्पकमल दाहाल प्रचण्ड, राम कार्की, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल, हेमकुमार राई, सुरेशकुमार राई, सुरेशचन्द्र दास, मात्रिका यादव, गिरिराजमणि पोखरेल, रामेश्वर राय यादव, प्रभु साह, श्यामकुमार श्रेष्ठ, हरिबोल गजुरेल, हितबहादुर तामाङ, पम्फा भुसाल, गंगाबहादुर तामाङ, हरिराज अधिकारी, देव गुरुङ, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, चक्रपाणि खनाल, कमला रोका, वर्षमान पुन, कृष्णबहादुर महरा, महेश्वरजंग गहतराज, सन्तकुमार थारु, टेकहादुर बस्नेत, गजेन्द्रबहादुर महत, दुर्गबहादुर रावत, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, गौरीशंकर चौधरी, लेखराज भट्ट, बीना मगर । हितराज पाण्डे, पूर्णकुमारी सुवेदी, रेखा शर्मा, धर्मशीला चापागाइँ, सीता पोखरेल, सत्या पहाडी, इन्दु शर्मा, वोधमाया यादव, अन्जना विशुंखे, दुर्गा विक, जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्ती, यशोदा, सुवेदी, अमृता थापा, रामकुमारी चौधरी, शेखतारा चाँद ।

प्रकाशित : १५ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६