ब्रेकिंग न्युज

भिम रावललाई मतदाताको मर्मस्पर्सी पत्र,प्रधानमन्त्री फेर्न र पार्टी फोर्न चाहानेलाई रोक्नु होला



 प्रिय कमरेड नमस्ते

     अहिले विश्व कोरोनासंग जुधिरहेको छ । त्यो भन्दा भयानक संकट हाम्रो देशमा देखिदै छ, नेकपामा देखिदै छ । यस्तो बेला नेकपाका आम कार्यकर्ताले तपाईंको सुझबुझपूर्ण भूमिकाको अपेक्षा गरेका छन् । २०३१ सालदेखी अनवरत रुपमा नेपाली राजनितिको केन्द्रमा रहेर पार्टी तथा देशको लागि तपाईले गरेको योगदानमा कसैले प्रश्न गर्ने ठाउँ छैन ।

        माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन पार्टीले दिएको जिम्मेवारी होस् या अन्य जुनसुकै मोर्चामा दिएको जिम्मेवारी कुशलताका साथ निर्वाह गरेको भूमिकाको कारण तपाईंको गर्बिलो बिगत छ । त्यसैले तत्कालिन नेकपा एमालेको महाधिवेशन प्रतिनिधीको सर्वाधिक मतले तपाईं केन्द्रीय उपाध्यक्ष जस्तो पदमा निर्वाचित हुनुभयो । २०४८ मा कांग्रेसको दबदबा रहेको सुदुर पश्चिममा नेकपालाई ऐतिहासिक सफलता दिलाउनु भो । पञ्च तथा काग्रेसले दिन नसकेको स्थायित्व, स्थिर सरकार निर्माण, बिकास तथा समृद्ध नेपाल नेकपाले दिन्छ, सुर्यमा भोट हाल्न आग्रह गर्दै, चुनावको बेला आफ्नो निर्वाचन क्षेत्र मात्र नभएर सुदुरपश्चिमका सबै जिल्ला तथा निर्वाचन क्षेत्र पुग्नु भो ।

आदरणिय कमरेड,

तपाईंको समर्थक, मतदाता तथा शुभचिन्तक भएको नाताले निर्वाचन ताका तपाईं तथा पार्टीको बारेमा स्थानीय स्तरमा फैलाईएका भ्रमको बारे म आफुसँग भएका सुचना तपाईंलाई म्यासेज गरेथे एकाध पटक अनि यि भ्रमको खन्डन गर्नु भएको पनि थियो । म अछामि भएकोले मात्र होइन देशभरी नेकपाका कार्यकर्तामा तपाईंमाथि ठुलो विश्वास छ ।२०५४ मा पार्टी बिभाजन हुँदा अछाम नेकपा एमाले केन्द्रीय सदस्य तथा सेती इन्चार्ज भिम कडायत माले हुँदापनि ९जो मेरै गाउ दर्नाको बासिन्दा हुनुहुन्थ्यो० तत्कालिन दर्ना गाउंकमिटी सचिव जगत कठायत ९मेरो बुवा हुनुहुन्छ० लगायत बहुमत सदस्यले तपाईंको साथ छोड्नु भएन । आजपनि अछाममा नेकपा भन्दा पनि भिम रावललाई विश्वास गर्ने ठुलो जमात छ ।

        मैले यो कुरा किन उठाए भन्दा तपाईंसँग आमजनता, नेता तथा कार्यकर्तालाई कन्भिन्स गर्न सक्ने, खट्न सक्ने क्षमता तथा अध्ययनशिल हुनुहुन्छ । पार्टी मात्र होइन पार्टी बाहिर पनि ठुलो तप्का छ जो तपाईलाई बिश्वास गर्छ । फेरी आज तपाईंको यो ज्ञान यो क्षमता पार्टी एकताको लागि आवश्यक परेको छ ।हामीलाई यो पनि थाहा छ, पार्टी एकिकरण हुँदा तपाईं लगायत अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीमाथि ठुलो अन्याय भएको छ । केपी ओलीको पार्टी तथा सरकार सन्चालन गर्ने तौरतरिका मिलेको छैन ।

        माधव नेपाल तथा पक्षधरलाई भित्तामा पु¥याउने गल्ती गरे । तर केपी ओली साच्चिकै सच्चिन तयार हुने हुन् भने पार्टीको सन्तुलन मिलाएर अन्तिम चोटिको लागि केपी ओलीलाई मौका दिनु उपयुक्त होला । स्थिरताको लागि तपाईंहरुले अन्तिम चोटिको लागि माफि दिदा तपाईंको कद अझ बढी ऊचो हुनेछ । यताको सर्प भन्दा उताको छेपारो झन खतरनाक साबित हुनेछ, जसले जुनसुकै बेला रङ फेर्छ ।

        यो त तपाईं जती जानकार को होला र । जो प्रयोगबादमा विश्वाश गर्छन् । कहिले राजासँग मिलेर दल सिध्याउने, कैले दलसँग मिलेर राजा, माधव नेपाललाई राष्ट्रपती बनाउने सहमति गर्छन् अनी मनोनयन दर्ता गर्नु १५ मिनेट अगाडि रामराजा प्रसाद सिंहलाई लौरो टेकाएर मनोनयन दर्ता गर्छन्, तपाईं गृहमन्त्री हुँदाको उनको बिगत हेर्नुस् भलै तपाईं सफल हुनु भो । आफु अगाडी जान आफ्ना गुरु तथा आफ्नो लागि बलिदान गर्ने सहयोद्धालाई लात मार्ने मान्छे हाम्रो प्यारो नेता भिम रावल, माधव नेपाललाई उनले नेता बनाउंछन् भनेर कसैले पत्याएका छैनन् गाउंघर तिर ।

        कुतर्क गर्नेले पार्टी एउटै भए नेत्रृत्व अदल बदल भएपनि केही फरक पर्दैन भनेको सुन्छु । यदी त्यसो हो भने कांग्रेसले २०५६ सालमा तिनतिन प्रधानमन्त्री फेरेर जे ग¥यो ठीक गरेको रैछ । चुनावका बेला हाम्ले नबुझेर बिरोध गरेका रहेछौ भन्नु सक्नुप¥यो । होइन भने अस्थिरताको निम्ती जे जति आरोप कांग्रेसलाई लगाय आज त्यो आफै हामीले गर्यौ भने हामी र कांग्रेसमा भिन्नता के रु यो प्रश्न सरकार चलाऊनेलाई पनि हो रु बिचैमा सरकार परिवर्तन कुनै हालतमा पनि ठीक होइन ।

        जसरी कोरोना महामारीको बेला सरकारले बेमौसमी बिधेयक ल्यायो, सरकार परिवर्तन झन त्यो भन्दा लाखौं गुणा पार्टीको लागि नोक्सानी हुनेछ । कम्युनिष्टहरु सरकार चलाऊन तथा स्थिरता दिन योग्य छैनन् भन्ने प्रमाणित हुनेछ । आज जसरी पत्रपत्रीका केपी ओलीका बिरुद्ध छन् हिजो प्रचण्डको बिरुद्ध थिए, भोली माधव कमरेडको बिरुद्ध हुनेछन् किनकी उनिहरुलाई नेपालबाट कम्युनिस्ट समाप्त पार्नु जो छ । त्यसैले यो काम क्षम्य हुने छैन ।

        जसले जे सुकै तर्क गरेपनि अहिले सरकार परिवर्तन कुनै कुराले पार्टी हित, देशको हित तथा नेकपाका कार्यकर्ताको भावना तथा पार्टी एकताको मर्म अनुसार पनि हुने छैन ।त्यसैले कमरेड, स्थिरता र एकताको लागि तपाईंको देश तथा पार्टीलाई एकदम खाचो छ । तपाईंको त्यागको मुल्यांकन केपी ओली प्रचण्डले नगरे पनि महाधिबेशन आउँदैछ नेकपाका कार्यकर्ताले गर्नेछन, जनता ले गर्नेछ, देशले गर्नेछ, त्यो भन्दा पनि ईतिहासले गर्ने छ ।(समय चक्रवाट) 

उहि तपाईको सुभेच्छुक

बम बहादुर कठायत

दर्ना, अछाम

प्रकाशित : १६ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६