जीवनशैली

इस्लाम धर्मावलम्वीहरुको रमजान शुरु, घरमै इवादत गर्न आग्रह



कलिवस्तु १७ बैशाख इस्लाम धर्मावलम्वीहरुको पवित्र महिना रमजान शुरु भएको छ । हिजरी पात्रो अनुसार आठौ महिना सावानको अन्तिम दिन पुरा हुन साथ पवित्र महिना रमजानको आरम्भ हुन्छ । रमजान इस्लामी महिनाको नवौं महिना हो । यस महिनालाई रमजानुल मुवारक पनि भन्ने गरिन्छ । शनिवारदेखि शुरु भएको यो पवित्र महिनामा इस्लाम धर्मावलम्बीहरुले एक महिनासम्म रोजा (ब्रत) बसी दिनमा ५ पटक नमाज पढने गर्दछन । विहान सुर्योदय हुनुभन्दा पहिला देखि वेलुका सुर्यास्तसम्म पानी पनि नपिई रोजा (ब्रत) बस्ने गरिन्छ ।

            समान्यतया पवित्र महिना रमजान भरी एक महिना सम्म मस्जिदमा गएर समुहिक रुपमा नमाज पढने गरिएको भएपनि यस बर्ष कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई मध्यनजर गर्दै मुस्लिम समुदायको तर्फवाट खास गरी सरकार र समाजमा कुनै गलत सन्देश नजाओस भन्ने सन्दर्भलाई ध्यानमा राख्र्दै कोरोना भाइरसबाट आफु बच्न र अरुलाई पनि बचाउन भन्ने उद्देश्यका साथ मदरसा अहले सुन्नत नइमुल बलुम, जामा मस्जिद तौलिहवाले प्रेस विज्ञप्ती निकाली  नमाज तथा तराबीहको नमाज अ आफ्नो घरमै पढनको लागि अनुरोध गरेको छ, इफ्तारको समयमा सामुहिक कुनै पनि प्रकारको इफ्तार पार्टी नगरी घरमै इफ्तार गर्न गराउन अनुरोध गरेको छ ।

           त्यसैगरी रमजान महिनामा निकालिने सद्का तथा जकात यस मदरसा व आफ्नो छरछिमेकमा भएका गरिव असहायलाई सहयोग गर्नुका लागि मदरसा तथा जामा मस्जिदका अध्यक्ष रउफ अहमद खाँ ले अनुरोध गरेका छन ।लकडाउनलाई पुर्णरुपमा पालना गरी आआफ्नै घरमा वसि आफ्नो परिवारलाई धार्मिक कुरा सिकाउन, पवित्र पुस्तक कुरानको पाठ गर्न, इवादत गर्न लागि मदरसा तथा जामा मस्जिदका इमाम (धर्मगुरु) मौलाना अलि हसन निजामीले अनुरोध गरेका छन ।

        अनावश्यक रुपमा मस्जिदमा भिडभाड गरेका पाइएमा प्रशासनद्धारा समन्वय गरी नियमानुसार कारवाही गरिने साथै मदरसामा कुनै अपिरिचित अन्जान व्यक्ती आएको खण्डमा सम्बन्धित निकायहरुमा तुरुन्त जानकारी गराइने मदरसा तथा जामा मस्जिदका प्रवक्ता जियाउल हकले जानकारी गराएका छन ।

प्रकाशित : १७ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६