अन्तर्राष्ट्रिय

कोरोना कहरः ३१ लाख बढी संक्रमित, २ लाख १७ हजारभन्दा धेरैको मृत्यु



एजेन्सी, १७ बैशाख । चिनमा पहिलो पल्ट देखा परेर विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट ३१ लाखभन्दा बढी संक्रमित भएका छन् भने २ लाख १७ हजार भन्दा धेरैको मृत्यु भएको छ । विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणले यो समाचार तयार पार्दासम्म ३१ लाख ३८ हजार ११५ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख १७ हजार ९७० पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्ल्ेख छ ।

            संक्रमित भएका ९ लाख ५५ हजार ७७० जना अस्पतालमा उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरसको महामारीबाट अमेरिकामा मात्रै १० लाख ३५ हजार ७६५ जना संक्रमित भएका छन् । महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५९ हजार २६६ पुगेको छ । त्यस्तै इटालीमा मृतकको संख्या २७ हजार ३५९ पुगेको छ । इटलीमा  संक्रमितको संख्या २ लाख १ हजार ५०५ पुगेको छ ।

            स्पेनमा २३ हजार ८२२ जनाको मृत्यु भएको छ भने २ लाख ३२ हजार १२८ जना संक्रमित भएका छन् । फ्रान्समा कोरोना भाइरसको संक्रमणबाट २३ हजार ६६० जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार ९११ जना संक्रमित भएका छन् । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार ६७८ पुगेको छ । बेलायतमा संक्रमित हुनेको संख्या १ लाख ६१ हजार १४५ पुगेको छ । कोराना भाइरसका कारण मृत्यु र संक्रमणको दर बढ्दै गएको छ ।

प्रकाशित : १७ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६