दुल्लू १७ वैशाख । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस रोकथामका लागी घोषणा गरेको लकडाउनका कारण दैनिक ज्याला मज्दुरी गरि जिविकोपार्जन गर्ने गरिब विपन्नलाई छाक टार्न धौ धौ भएपछि सरकारले राहतको घोषणा गर्यौ । विभिन्न स्थानिय तहले अति विपन्नको नाम लिस्ट तयर गरेर राहत वितरण गरे । तर एक स्थानिय तहमा घरधुरी सङ्ख्याभन्दा १०० बढी घरपरिवारलाई राहत वितरण गरिसक्दा पनि अझै राहत लिने बाँकी देखिएका छन् ।
सुन्दा अचम्म लाग्ला तर यो p घटना महावु गाउँपालिकाको हो ।महावु गाउँपालिका –१ मा जम्मा घरधुरी सङ्ख्या ६९२ रहेका छन् । वडाले कर्मचारी र पेन्सन भएका ११९ घरधुरीलाई राहत नदिने निर्णय गरी तीबाहेक ७१५ घरधुरीलाई राहत वितरण गरिसक्दा पनि अझै छुटेको निवेदन दर्ता भएपछि पुनः राहत वितरण गर्ने तयारी भएको छ ।घरधुरी सङ्ख्याभन्दा बढी राहत वितरण गरिसक्दा छुटेको निवेदन आएकाले फेरि वितरण गर्ने तयारी गरेको वडाध्यक्ष हरिप्रसाद उपाध्यायले बताउनुभयो । वडाले कुनै मापदण्ड नबनाई समानरूपमा राहत वितरण गर्दा खास परिवारलाई मर्का परेको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले बताउनुभयो ।
प्रतिक्रिया