ब्रेकिंग न्युज

रुपन्देहीको राहत कपिलवस्तुमा, बिपन्न परिवारलाई बास्मति चामल



कपिलवस्तु १७ बैशाख  कपिलवस्तुका कतिपय पालिकामा बिपन्नका लागि बाडिएको चामल कुहिएको  र अखाद्य सामग्री वितरण भएको भन्दै आलोचना भैरहका बखत बाणगंगाका बिपन्न घरपरिवालाई बासमति चामल वितरण गरिएको छ । प्रदेश नं ५ का सांसद बिष्णु पन्थीको पहलमा बाणगंगा ५ का ३४ घरपरिवारलाई बासमति चामल सहित दाल ,तेल ,चिउरा लगाएतका राहत सामग्री वितरण गरिएको हो । सांसद पन्थीले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ६ का समाजेवी बुलबुल श्रेष्ठको सहयोगमा राहत सामग्री वितरण को समन्वय गर्नु भएको हो ।


        १० किलो बासमति चामल , २ किलो दाल ,तेल नुन ,चिउरा लगाएका सामग्री बाँडिएको हो । यसै क्रममा बुधवार वडा नं ५ का नगरद्धारा वितरण गरिएको राहत कार्यक्रमबाट बञ्चित भएका बिपन्न घरपरिवारलाई वितरण गरिएको छ । सांसद पन्थीले अन्य राहतका लागि अन्य सहयोगि दाताको खोजिमा रहेको हुदा नगरका अन्य वडालाई पनि सहयोग गर्ने  स्पष्ट पार्नूभयो । राहत वितरण गर्दै वडा नं ५ का वडा अध्यक्ष भिष्मराज भूषालले वडा कार्यालय शुरुमा २५ घरपरिवार र नगरको एकद्धार प्रणलीबाट १२६घरपरिवारलवाई वितरण गरि सकेको बताउनुभएको छ ।

        यस्तै बुधबार सांसद पन्थीको पहलमा तेस्रो चरणमा राहत वितरण गरिएको र छुटपुट भएका बिपन्न परिवारलाई केही दिनमै राहत वितरणको काम शुरु गर्ने बताउनुभयो ।यता राहत पाएपछि निकै खुसी हुनुभएकी सरस्वाती अधिकारी , फुर्सि कुमारी बिक लगाएले बोल्दै सरकारले निभ्न थालेको आगो बालिदिएको बताउनुभयो । घरमा चामल तेल सकिए सकेको थियो के खाने होला भन्ने चिन्ता बढेका वेला राहत दिदा आफूलाई खुसी लागेको उनीहरुको भनाई छ ।

प्रकाशित : १७ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६