बिजनेस

लकडाउको पीडामा मल्हम : किसानलाई एक दर्जन मिनिटेलर वितरण



रुपन्देही १७ बैशाख लकडाउनको पीडामा राहत पुराउन  सैनामैना नगरपालिकाले नगर क्षेत्रका किसानलाई १२ थान मिनिटेलर र हलो ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्रथामिकता दिएको वताउदै यस्तो काम गरेको हो । पालिकाले यस अघि पनि किसानहरुका लागि विभिन्न समयमा बिभिन्न यन्त्र र मौसम अनुसारका खाद्यान्न बाली, हिउँदेबाली, तरकारी लगायतका वीउ विजनहरु वितरण गर्ने गरेको छ ।जसअन्तर्गत शाखाले बुधबार नगर भित्रका किसानहरुलाई १२ थान मिनिटेलर र हलो ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ ।

    सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्र्कीले नगरमा कृषि क्षेत्रलाई विशेष प्रथामिकता दिएको बताउँदै कृषकहरुलाई प्रोत्साहन स्वरुप समय समयमा अनुदानमा कृषि यन्त्र र मौसम अनुसारको बिउ वितरण गरिएको बताउनभयो । साथै उहाँले आफूले प्राप्त गरेको यन्त्रको सहि प्रयोग गरी धेरै भन्दा धेरै लाभ लिन कृषकलाई आग्रह गर्नुभयो ।बन्दाबन्दीको समयमा पनि किसानको खेती कार्य सुचारु र सहज होस भन्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा मिनिटेलर बितरण गरिएकोको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनु भयो । 

     नगरको बार्षिक स्वीकृत कार्यक्रम अनुसार करिब १५ लाखको बजेटमा १२ जना किसानहरुलाई ५० प्रतिशत अनुदान कृषि यन्त्र बितरण गरिएको सैनामैनाका कृषि शाखा प्रमुख सिर्जना सुबेदी जानकारी दिनुभयो । 

        प्रमुख पन्थीका अनुसार सैनामैनामा जेठको पहिलो साता धानको बिउ वितरण समेत गरिने कार्यक्रम रहेको जानकारी गराउनु भयो ।अनुदानमा कृषि यन्त्र पाएपछि समयमै खेती लगाउन सकिने सैनामैना ५ का कृषक ठागे थारुले बताउनु भयो । समयमै जोताउन नपाउँदा कृषि कार्य दिलो हुँदा उत्पादनमा समेत असर परेको थियो अब यो समस्या टरेको उनको भनाई छ । आफसंग यन्त्र भएपछि कम खर्चमै कृषिबाट मनग्य फाइदा लिन सकिने सैनामैना २ अर्का कृषक मिन प्रसाद भण्डारीले बताउनु भयो । 

प्रकाशित : १७ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६