काठमाडौं, १८ बैशाख । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले दक्षिण कोरिया काममा फर्कन चाहने कामदारले स्वास्थ्य परीक्षण गराउन सार्वजनिक सूचना जारी गरेको छ। शाखाले स्वास्थ्य सेवा विभाग टेकुमा गएर स्वास्थ्य परीक्षण गराउन कामदारलाई अनुरोध गरेको छ।
शाखाले सूचना जारी गर्दै ईपीएस प्रणाली अन्तर्गत दक्षिण कोरियामा काम गर्न जाने अनुमति प्राप्त भएका हाल विदामा नेपाल रहेका कामदारलाई उक्त कुरा जानकारी गराएको हो। स्वास्थ्य परीक्षण गराई आफ्नै खर्चमा चार्टड विमानको उडानबाट कोरिया जान स्वीकृति दिने निर्णय नेपाल सरकारले गरेको छ । विश्वभर फैलिएको कोरोना कहरका बीच पनि कोरीयाली कामदारलाई कोरोनाको स्वास्थ्य परीक्षण जान दिने निर्णय नेपाल सरकारले गरेको हो ।
प्रतिक्रिया