जीवनशैली

अर्घाखाँची भित्रियो रामघाटको ११ टन तरकारी, प्रशासनले तोक्यो दररेट , ३० प्रतिशत सस्तोमा उपलब्ध



अर्घाखाँची १८ बैशाख  केहि हप्तावाट कपिलवस्तुको तरकारी रोकेको अर्घाखाँचीले तरकारीको हाहाकार भएपनि कपिलवस्तु आएर खरिद गरेरै लैजाने ब्यवस्था मिलाइएको छ । जस अनुसार ३० प्रतिशत सम्म सस्तोमा तरकारी उपलब्ध हुन आएको हो । अर्घाखाँची फलफुल तथा तरकारी व्यवसायी समितीले कपिलवस्तुको बुद्धभूमी रामघाटबाट सदरमुकाम सन्धिखर्कमा ११ टन तरकारी भित्राएको हो । ११ टन तरकारी २ लाख ७२ हजार ५ सय मुल्यमा भित्रिएको छ ।


    सन्धिखर्क, चुत्राबेसीका बजारमा तरकारीको अभाव भएको भनेर वैशाख १६ गते मंगलवार प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्वदलीय ,सर्बपक्षीय बैठकले सन्धिखर्कमा छिमेकी जिल्लाबाट तरकारी ल्याउने निर्णय गरेको थियो ।अर्घाखाँची फलफुल तथा तरकारी व्यवसायी समितीले  ८ हजार केजी टमाटर २५ रुपैयामा, भिन्डी २० केजी ६५ रुपैयामा, मुली २९० केजी २० रुपैयामा, गाजर १६० केजी ३३ रुपैयामा, काँक्रो ३३० केजी ४० रुपैयामा, बोडी ३१० केजी ६० रुपैयामा, करेला १८५ केजी ६० रुपैयामा, लौका १२० केजी ३० रुपैयामा, फर्सी ११० केजी ३० रुपैयाका दरले खरिद गरिएको छ ।

        यता जिल्ला प्रशासन कार्यालयमा भएको छलफलबाट तरकारीको मूल्य निर्धारण भएको छ । फलस्वरुप मुल्य घटेको छ । खरिदको मुल्य र दुवानी मूल्य सहितको मुल्यमा अधिकतम २० प्रतिशत फाईदा राखी बेच्ने निर्णय भएको छ। जस्तो कि २५ रूपैया थोक टमाटरमा १० प्रतिशत वेस्टेज सहित  फाईदा समेत राखी थोकमा ३० रूपैयामा बेच्ने र खुद्रा ४० रूपैयामा बेच्नु पर्ने भएको छ । यो निर्णय भन्दा अगाडि व्यापरीहरुले ६० रूपैया बेच्दै आएका थिए ।

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६