एजेन्सी, १९ बैशाख । सार्क राष्ट्रमा भारत सबैभन्दा बढी कोरोना प्रभावित मुलुक बनेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या ११ सय ५४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार १५४ पुगेको हो ।
भारतमा एकैदिन थप १ हजार ८०१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३४ हजार ८६३ पुगेको छ । भारतमा संक्रमितमध्य ९ हजार बढी उपचारपछि निको भएर घर फर्केकाछन् ।
प्रतिक्रिया