अन्तर्राष्ट्रिय

कोरोना कहरः मृतकको संख्या २ लाख ३९ हजार नाघ्यो, ३४ लाख बढी संक्रमित



एजेन्सी, २० बैशाख । विश्वमा महामारीका रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ५६६ पुगेको छ । कोरोना महामारीका कारण ३४ लाख ९० जना मानिस संक्रमित भएको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ८० हजार १५३ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।

            शनिबार विहान सम्म संक्रमितको  उपचाररत ५१ हजार ३५२ जनाको अवस्था गम्भीर छ । त्यस्तै कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १३ लाख ९९ हजार ६३ जना संक्रमित छन् । एकै दिन २५ हजार ९१८ जना नयाँ संक्रमित थपिएका छन् ।

            एसियाली देशमा कोरोना संक्रमितको संख्या ५ लाख ३३ हजार बढी छ। उत्तर अमेरिकी मूलुकहरुमा १२ लाख २४ हजार ९४० जना संक्रमित भएका छन् । दक्षिण अमेरिकी मूलुकहरुमा १ लाख ९० हजार ९९ जनामा संक्रमण देखिएको छ । ९ हजार ४८० जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसको महामारीले सबैभन्दा धेरै क्षति पुर्‍याएको अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६५ हजार नाघेको छ ।  ४ महिना अघि चिनको बुहानमा देखा परेर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वमै आर्थिक मन्दीमा जाने निश्चित प्रायः छ ।

प्रकाशित : २० बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६