बैतडी २० बैशाख । बैतडीमा ६७ बर्षिय एक बृद्धको क्वारेन्टाईनमा जाने क्रममा मृत्यु भएको छ। भारतिय नाका झुलाघाटबाट उद्धार गरेर फर्किएका पुर्चौडी नगरपालिका ६ मनकालिका जुने लुहारको शनिवार बिहान बाटोमा हिड्दा हिड्दै अचानक मृत्यु भएको हो।उपचारका लागि भारत गएका उनि लकडाउका कारण घर आउन नपाएपछि भारतको पिथौरागढमा क्वारेन्टाईनमा बसेका थिए। नेपाल सरकार र भारत सरकारको सहमति पछि उनि लगायत अन्य थुप्रै नेपालीलाई स्वदेश भित्र्याईरहको थियो। उनि यहि बैशाख १८ गते नेपाल भित्रिएका थिए।नेपाल भित्रिसकेपछि क्वारेन्टाईनमा बस्नको लागि जादै गर्दा अचानक बाटोमा उनको मृत्यु भएको हो। मृतकको थ्रोट स्वाब संकलन गरिएको छ। सकंलन गरिएको स्वाबलाई परिक्षण गछि कोरोना भए नभएको पुष्टी हुने छ ।
स्रोत : अनलाईन खवर
प्रतिक्रिया