गुल्मी २० बैशाख । देश लकडाउनमा रहेका बेला गुल्मीको धुर्कोट गाउँपालिकाले विपन्न परिवारलाई राहतमा रोजगारी दिन थालेकोछ । श्रमकलागि खाद्यान्न अन्तर्गत दोस्रो चरणको राहत स्वरुप रोजगारी दिने निर्णय गरेको छ । गाउँकार्यपालिकाको बैठकले विपन्न तथा मजदुर परिवारको लागि सिधै राहत वितरण नगरी खाद्यान्नका लागि काम दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । श्रम गर्न मजदुर तथा विपन्न परिवारले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्नेछन् । सडक मर्मत, गोरेटो बाटो, खानेपानी तथा सिँचाई लगायतका क्षेत्रमा रोजगार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । काम गरेबापत राष्ट्रिय मापदण्डअनुसार पारिश्रमिक प्रदान गरिनेछ ।
पहिलो चरणमा सात सय ७९ जनालाई राहत वितरण गरेको गाउँपालिकाले दोस्रो चरणमा काम दिने निर्णय गरेको हो । कोरोना भाइरसबाट बच्न गरिएको लकडाउलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरी बढीमा पाचँ जनासम्मको समुह बनाई नजिकको स्थानमा काममा लगाइने गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले जानकारी दिए ।
प्रतिक्रिया