ब्रेकिंग न्युज

बालुवाटरको भित्री कथा , आत्मालोचनासंगै भाबुक बने शिर्ष नेता , माधवको च्याप्टर क्लोज , बामदेवको ढोका खुला



काठमाडौं  २० बैशाख ।बालुवाटरको भित्री कथा वहिर आएको छ । जस अनुसार प्रधानमन्त्री केपि ओलि सहितका शिर्षनेताले पछिल्ला गतिवधी प्रति  आत्मालोचना रेसंगै भाबुक बनेका छन्   शिर्ष नेताहरु   । यो बैठकसंगै तेश्रो अध्यक्ष बन्ने  माधव नेपालको च्याप्टर क्लोज भएको छ । बामदेवको प्रतिनिधी सभामा जाने  ढोका  खुला भएकोछ । नेकपामा नयाँ चरणको सहमति भएकोछ । फलस्वरु बैशाख २५मा स्थायी कमिटी बैठक तय भएकोछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरीक विवाद मिलेको छ । सचिवलयमा प्रधानमन्त्री ओलीका पक्षमा वहुमत पुगेपछि शनिवरको बैठकले नयँ मोड लिएको हो ।

        प्रधानमन्त्री केपि अ‍ेलीको आत्मालोचनावाट शुरु भएको बैठकमा प्रचण्ड ,माधव नेपल र झनाथ खनाल लगायतका शिषर््नेताले यस बीचमा भएका  गतिवधी प्रति आत्मालोचना गरेका थिए । सबैवट कमजोरी भएको बैठकले ठहर गरेकोछ । यो संगै  स्थायी कमिटी बैठक बोलाइएको छ ।शनिबार साँझ बसेको सचिवालय बैठकले वैशाख २५ गते बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन २४ गते दिउँसो ३ बजे सचिवालयको बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनु भएको छ ।

    उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय भएको छ ।बामेदव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेपछि नेकपा सचिवालयको पहिलो बैठक बसेको थियो । माधव नेपाल अध्यक्ष बन्ने च्याप्टर भने समाप्त भएकोछ ।  ‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धती र कम्युनिस्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएका छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भन्नु भयो ।

पार्टी ,सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मालोचना गर्नु भएको छ ।’अर्का अध्यक्ष प्रचण्ड र अरु नेताहरुले पनि आत्मालोचना गरेर अगाडि बढ्ने नेकपाको निर्णय छ ।  बैठकले पार्टीलाई फुट उन्मुख गराउने कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुत्त  समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय समेत गरेको छ ।नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र देखिएको विवाद हाललाई थामथुम पारिएको छ।

      शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्रीको राजस्नामाका विषय नै नउठेको बताइएको छ । यसअघि सचिवालयका बहुसंख्यक नेताहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको सन्दर्भमा नेताहरुको आन्तरिक परामर्शपछि हाललाई ओलीलाई नै प्रधानमन्त्रीका निरन्तरता दिने विषयमा समझदारी भएको हो । उनले विधि, पद्धति र पार्टीका मूल्य मान्यता अनुसार सरकार सञ्चालन गर्ने तथा सरकारले देश र जनताको पक्षमा समाजवाद हासिल गर्ने गरी काम गर्ने निर्णय पनि बैठकले गरेका जानकारी दिए । ओलीले प्रचण्डलाई विस्तारै एकल अध्यक्ष बनाउन सहमत भएपछि हाललाई पार्टीमा माधव कुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने विषय टुंगिएको हो  । 

प्रकाशित : २० बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६