कपिलवस्तु, २१ बैशाख । कपिलवस्तु अझैसम्म कोरोनाबाट सुरक्षित रहेको छ । कपिलवस्तुमा एक हजार ३६ जनाको र्यापिड टेस्ट भएको र सबैको रिपार्ट नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले बताउनु भएको छ । शनिबार ४ पालिकामा कुल १८ टेस्ट भएका छन् । बिजयनगरमा २, शिवराजमा ८, बुद्धभुमीमा ७ र सुद्धोदनमा एक टेस्ट भएका हुन् ।
बिजयनगर गाउपालिकामा १ सय ९८, महराजगंज नगरपालिकामा २ सय ४१, सुद्धोदन गाउपालिकामा ७७, मायादेबी गाउपालिकामा ९०, कृष्णनगर नगरपालिकामा १ सय ८, शिवराज नगरपालिकामा ६९ जनाको टेस्ट भएको छ । यस्तै कपिलवस्तु नगरपालिकामा ५६, यशोधरा गाउपालिकामा ८६, बाणगंगा नगरपालिकामा ५१ र बुद्धभुमी नगरपालिकामा ४३ जनाको टेस्ट भईसकेको छ । १० पालिकाले तयार गरेको एक हजार ७७ क्वारेन्टाईन बेडमा एक हजार २७४ जना रहेका्ेमा ९ सय ३२ जना डिस्चार्ज भई हाल ३ सय ४२ जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनु भयो । उता पिसिआरका लागि ३२ जनाको सकंलन गरिएको पठाएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रतिक्रिया