कपिलवस्तु २१ वैशाख। आईतवार एकैदिन नेपालमा थप १० जनामा कोरोना सक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगञ्जमा ९ जना र पर्सामा १ जना गरि एकैदिन १० जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालगञ्ज र विरगंन्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ६ पुरुष र ४ जना महिला छन् । आज नयाँ संक्रमित थपिएसँगै नेपालमा ६९ जनामा कोरोनाभाइरस देखिएको छ। त्यसमध्ये १६ जना निको भएका छन्। निको भएकामध्ये रौतहटका एक युवालाई भने फेरि अस्पताल भर्ना गरिएको छ।
२१ बैशाख २०७७, आइतबार
प्रतिक्रिया