कंचन, २१ बैशाख । रुपन्देहीको कन्चन गाउँपालिकाले लकडाउन उल्लघन गरी सवारी साधन चलाए जफत गर्ने जनाएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले आह्वान गरेको बन्दाबन्दीको समयमा यस कञ्चन गाउँपालिका भित्र गाडी तथा मोटरसाईकल संचालन पुर्ण रुपमा रोक लगाउन लगाउन यस्तो निर्णय गरेको गाउँपालिका द्वारा जारी सूचनामा उल्लेख छ । साथै गाउँपालिकाले अत्यावसश्यक कामका लागि भने सवारी पास लिएर हिँडन पालिका वासीलाई अनुरोध गरेको छ ।
लकडाउनको समयमा पनि कञ्चन गाउपालिकाले अत्यावस्यक नभएको कामहरु घर अगाडीको नाली पुर्न,आगन सम्याउन,खेत सम्याउन जस्ता कामहरुमा समेत सवारी साधन संचालनको अनुमती दिएको जसले गर्दा अन्य सवारीका साधनहरु समेत निर्वाद रुपमा संचालन हुदै आएको छ। कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ नेपाल सरकारले घोषण गरेको लकडाउन पुर्ण रुपले पालना गर्नु पर्ने र अत्यावस्य कामको लागि यस कार्यलय भित्र सवारी साधन लिइ हिडुनु परेमाअनिवार्य रुपमासवारी पास लिई हिड्नु हुन र सवारी पास नलिइ हिडेका सवारी साधन सुरक्षा निकायबाट जफत हुने उल्लेख छ ।
प्रतिक्रिया