एजेन्सी, २२ बैशाख । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप ६८ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा कोरोनाका कारण ६८ जनाको मृत्इु भएसँगै मृतकको संख्या भारतमा १ हजार ३९१ पुगेको छ । भारतमा एकैदिन थप २ हजार ८०६ जनामा संक्रमण फेलापरेसँगै संक्रमित हुनेको संख्या ४२ हजार ५०५ पुगेको छ वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।
भारतमा संक्रमितमध्ये ११ हजार ७७५ जना उपचारपछि निको भएर घर फर्केकाछन् । २९ हजार ३३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुक हो । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ ।
प्रतिक्रिया