एजेन्सी, २२ बैशाख । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख लाख ६६ हजार २ सय ९५ पुगेको छ । यस्तै ज्यान गुमाउनेको संख्या सोमबारसम्म २ लाख ४८ हजार २ सय ८६ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।
विश्वभर संक्रमित र मृतकको संख्या भने कम हुँदै गएको देखिएको छ। पछिल्लो समयमा संक्रमितहरू उत्तर अमेरिका र युरोपेली मुलुकबाट रहेका छन्। यस्तै ल्याटिन अमेरिका, अफ्रिका र रसियामा संक्रमितको संख्या बढ्दै गइरहेको छ । हाल रहेका कुल संक्रमित मध्ये ९८ प्रतिशतलाई मध्यम किसिमको कोरोना संक्रमण रहेको र २ प्रतिशतको अवस्थामात्रै गम्भीर रहेको छ । ११ लाख ५४ हजार ६१ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया