ब्रेकिंग न्युज

लुकीछिपी सञ्चालन गरिएका भट्टीबाट घरेलु मदिरा नष्ट



काठमाडौँ २२ बैशाख । बन्दाबन्दीका बेलामा पनि बनेपाका विभिन्न बजार क्षेत्रका लुकीछिपी सञ्चालन गरिएका भट्टी पसलबाट घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको छ ।बन्दाबन्दीको समयमा बनेपाको भित्री बजार क्षेत्रमा व्यवसायीले लुकेर भट्टी पसल सञ्चालन गरेको पाएपछि गरिएको अनुगमनका क्रममा एक हजार ५०० लिटर घरेलु मदिरा बरामद भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताउनुभयो ।

                 उहाँका अनुसार बनेपाको चैतन्यचोक, विद्युत् प्राधिकरणचोक, बनेपा नगरपालिका पछाडिका गल्ली र बनेपा पुरोना बजार क्षेत्रका भट्टी पसलेले लुकीछिपी सञ्चालन गरेको पाइएका कारण मदिरा बरामद गरी नष्ट गरिएको हो । आइतबार बनेपा नगरपालिका–९ का वडाध्यक्ष शेरबहादुर सुवालको रोहबरमा मदिरा नष्ट गरिएको हो ।भट्टी पसल सञ्चालकलाई भने त्यसरी अनधिकृतरुपमा मदिरा बिक्री वितरण नगर्न र कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीको बेलामा भट्टी पसल सञ्चालन नगर्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित : २२ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६