विचार/ब्लग

बामदेव प्रधानमन्त्री किन ?



आदरणीय कमरेड वामदेव गौतमलाई सचिवालय वैठकले उपयुक्त समयमा प्रतिनिधि सभा चुनाव लडाउने र विजयी वहाँलाई कमरेड केपी ओली पछि प्रधानमन्त्री बनाउने जुन निर्णय गरेको छ । त्यो स्वागतयोग्य छ ।समकालीन राष्ट्रिय राजनीतिका शीर्ष नेताहरु मध्येको एक नेता हुनुहुन्छ कमरेड वामदेव गौतम । कसैको भन्दा कम ईतिहास छैन, क्षमता, सामर्थ्य, दृष्टिकोण र कृयाशीलतामा पनि कमी छैन । वहाँका सहकर्मी, सहयोद्धाहरु देशको प्रमुख कार्यकारी भईसक्नु भएको छ । शीर्ष तहमा वहाँ एक व्यक्तित्व बॉकी देखिनु भएको छ । यस स्थितिमा प्रधानमन्त्रीज्युले जुन प्रस्ताव राख्नु भएको छ, त्यो असाध्यै वान्छित छ ।

फेरि वामदेव गौतम अरुलाई जुरुक्कै काँधमा बोकेर हिँड्ने मान्छे पनि हो, आफु मात्रै हुन खोज्ने अरुलाई बनाउन जागर र हिम्मत नगर्ने प्रवृत्ति नेताहरुमा ज्यादा देखिन्छ । तर वामदेव कमरेडमा त्यस्तो छैन, वहाँ अरुलाई बनाउन पनि आफु बन्नेभन्दा बढी लाग्न सक्नुहुन्छ । स्वयं कमरेड केपी ओलीको राजनीतिक जीवनमा पनि विभिन्न जङ्चरहरुमा वामदेव निर्णायक सारथी देखिनु भएको छ । पहिलो पटक कमरेड केपी ओली संसदीय दलको नेता र नवौ महाधिवेशनमा अध्यक्ष निर्वाचित हुॅदैगर्दा कमरेड वामदेवको योगदान र भूमिका स्मरणीय छ ।

यसरीनै मुलुकको कम्युनिष्ट एवं लोकतान्त्रिक आन्दोलनहरुमा कमरेड वामदेवको भूमिका नेतृत्वदायी रहदै आएको छ, पछिल्लो पटक दुई ठूला कम्युनिष्ट पार्टीहरुवीचको एकतामा पनि वहाँको अथक परिश्रम निर्णायक योगदान गर्नेहरु मध्ये एक हो ।वहाँको एकाध कमजोरीको रुपमा वहाँ स्थिर हुन सक्नु हुन्न, छिटो प्रभावित हुने र बदलिने प्रवृत्ति छ भन्ने छ, वहाँ यसबाट जोगिनुपर्छ र नजिकका सहयोगीहरुले साथ दिनुपर्छ । यसरी कमरेड वामदेव नेपाली राजनीतिको एक योग्य नेता हुनुहुन्छ र प्रधानमन्त्री बन्न लायक हुनुहुन्छ । हामी सबै सकारात्मक बनौ । उपयुक्त समयमा कमरेड वामदेव गौतम नेपाली जनताको पृय नेताकोरुपमा मुलुकको द्धण् औ प्रधानमन्त्री बन्नु हुनेछ ।

खिमलाल भट्टराईको फेसबुक पेजबाट साभार 

प्रकाशित : २२ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६