एजेन्सी, २३ बैशाख । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ३६६ पुगेको छ । विश्वका २१२ मुलुकमा फैलिएको यो भाइरसबाट विश्वका ३६ लाख ४४ हजार ८४० जना संक्रमित भएको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।
कोरोना संक्रमितमध्ये ११ लाख ९४ हजार ८७२ जना उपचारपछि घर फर्किएका छन् । २१ लाख ९७ हजार ६०२ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४९ हजार ६३५ जनाको अवस्था गम्भीर छ । युरोपियन मुलुकहरुमा १ लाख ४२ हजार १४३ जना, उत्तर अमेरिकी मुलुकहरुमा ७६ हजार ८९१ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी संक्रमण भएको मूलुक अमेरिकामा अमेरिकामा १२ लाख १२ हजार ८३५ जना संक्रमित भएका छन् । कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ७०९ पुगेको छ। स्पेनमा २ लाख ४८ हजार ३०१ जना संक्रमित भएका छन् ।स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार ४२८ पुगेको छ । १ लाख ५१ हजार ६३३ जना उपचारपछि निको भएका छन् । इटालीमा मृतकको संख्या २९ हजार ७९ पुगेको छ । इटालीमा कुल संक्रमितको संख्या २ लाख ११ हजार ९३८ पुगेको छ ।इटालीमा संक्रमितमध्ये ८२ हजार ८७९ जना उपचारपछि निको भएका छन् ।
प्रतिक्रिया