कपिलवस्तु २३ बैशाख ।बाणगंगाले लकडाउनलाई अझै कडा र ब्यवस्थित तुल्याउने भएकोछ । आज वसेको विपद ब्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । जस अनुसार विहानमा खुल्दै आएका अत्यावश्यक सेवा दिने पसलहरु ठीक ७ बजे खोल्ने र १० बजे बन्द गरि सक्ने निर्णय गरेकोछ । सामाजिक दुरी कायम गरेर खरिद विक्री नभएमा प्रहरीले हस्तक्षेप गर्न समेत समितीले आग्रह गरेको छ । यता नगरभित्र फलफूल विक्री गर्ने पसलहरु पूर्ण रुपमा बन्दगर्ने बैठकले निर्णय गरेको छ । भारतीय फलफूल मात्र बजारमा रहेकाले फलफूल विक्रीमा पूर्ण रोक लागएको हो । तरकारीका हकमा बाणगंगा वाहेकका अन्य पालिकाको आधिकारीक सिफरिस पत्र र परिचयपत्रका आधारमा मात्र विक्री गर्न दिने निर्णय गरेको मेयर मंगल प्रसाद थारुले वताउनु भयो ।
यता विकास निर्माणका अधुरा कामहरु सामाजिक दुरी कायम गरेर गर्न अनुमति दिने बैठकले निर्णय गरेको छ । हरेक वडाका महत्वपूर्ण विकासका कामको सिफारिस वडावाट लिएर निर्माण सामाग्री खरिद विक्री र ढुवानी गर्न पाइने भएको छ । जसका लागि विहान ७ देखि १० वजे सम्ममै समयमा गर्नु पर्ने बैठकको निर्णय रहेको उपमेयर चक्रपाणी अर्यालले प्रष्टयाउनु भयो । हरेक अत्यावश्यक पसलमा सामानको मूल्यसूची अनिवार्य राख्न उद्योग वाणिज्यसंघ मार्फत कडा कार्यन्वयनमा लैजाने निर्णय विपद ब्यवस्थापन तथा समन्वय समितीको बैठकले गरेको प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले वताउनु भयो । बैठकको निर्णयपछि उद्योग बाणिज्यसंघ कपिलवस्तुले सबै ब्यापारीले लागु गर्ने अध्यक्ष उमानाथ पौडेलले वताउनु भयो ।
बिपद ब्यवस्थापन समितीका सदस्य एवम समाजसेवि दोलख राम घिमिरेले विकास निर्माणका सबै काम सूचारु गर्ने निर्णय नभएको वताउदै महत्वपूर्ण र अधुरा योजनाको मात्र काम अघि वढाउने निर्णय भएको जानकारी दिनु भयो । उहाले छडसिमेण्ट , ढुंगागिटटी , वालुवा र इटाको ढुवानी गर्दा विहान ७ देखि १० वजे सम्म मात्र गर्न पाइने प्रष्टयाउनु भयो । साथै नदीजन्य पदार्थको ढुवानी गर्दा आधिकारीक डम्पीङवाट भ्याट वील सहित मात्र गर्नु पर्ने निर्णय भएको छ । नदीमा ढुवानी साधन लगेर ढुवानी गर्न पाइने छैन । यी सबै काम वडाको सिफरिस वाहेक गर्न पाइने छैन ।
प्रतिक्रिया