प्रदेश

कोरोना विरुद्धको लडाईमा नेपाल मै नयाँ अभ्यास : सिमा सुरक्षामा नगर प्रहरी परिचालन



कपिलवस्तु २४ बैशाख कोरोना विरुद्धको लडाईमा कपिलवस्तुकोबिजयनगर गाउपालिकाले नयाँ प्रयोग गरेको छ । भारतवाट लुकिछिपी नेपाल भित्रने क्रम बढ्दै गएपछि सिमा सुरक्षामा नगर प्रहरी भर्ना  गरेर खटाउने काम शुभारम्भ गरेको हो । संभवत नेपालमै पहिलो पालिका हुनुपर्छ जसले सिमा सुरक्षामा नगर प्रहरी खटाएको होस ।


     कोरोना विरुद्ध लडन विजयनगर गाउपालिकाले आफै प्रहरी नियुक्ती गरेको छ । गाउपालिकाले ५० जना नगर प्रहरी नियुक्ती गरी वुघवारवाट खटाएको हो  । भारत संग सिमा जोडिएको विजयनगरको टोल टोलमा गएर जन चेतना फैलाउन , सामाजिक दुरी कायम गर्न नगर प्रहरीले सहयोग गर्ने छ । क्वारेन्टाईन सुरक्षा र खुला सिमा वाट आगमन रोकथाममा समेत प्रयोग गरीने छ ।         


      गाउपालिकामा प्रहरी र शसस्त्र प्रहरी पनी सकृयताका साथ परिचालन रहेका छन । सिमित संख्याको कारण वस्ती वस्तीमा पुग्न असहज भएको छ । अव नगर प्रहरी परिचालन भए पछी गाउको वस्ती वस्तीमा पुग्न सहज हुने छ । गाउपालिका भारतको खुला सिमा संग जोडिएको छ । खुला आवत जावत पनी निरुत्साहित हुने छ । नगर प्रहरीमा भर्ना गरीएका व्याक्ती स्थानिय भएको हुदा समुदायको तल्लो तह सम्म पुगेर काम गर्ने तयारीको साथ परिचालन हुने विजयनगर गाउ पालिकाका अध्यक्ष गोपाल वहादुर थापाले वताउनु भयो ।


नियुक्त भएका नगर प्रहरी तत्काल एक महिनाको लागी काम गर्ने छन । लकडाउन लम्वियो भने कामको मुल्याकन हेरी थप गर्न सकिने छ । कोरोना संक्रमणको जोखिम कम भए पछि अन्य काममा पनी विस्तार गर्न सकिने छ । कोरोना विरुद्ध लडन स्थानिय तहले आफ्रनै प्रहरी परिचालन गरेको यो पहिलो पटक हो । गाउपालिकाले आफ्रनै ऐन वनाएर नगर प्रहरी नियुक्त गरी कोरोना संक्रमण रोकथामका लागी कपिलवस्तुमा पहिलो पटक काम भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले वताउनु भयो ।
 

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६