ब्रेकिंग न्युज

लकडाउन ११ दिन थप



काठमाडौँ २४ बैशाख ।  सरकारले लकडाउन ११ दिन थपेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई जेठ ५  गतेसम्म लम्बाउने निर्णय गरेको हो  ।कोरोना भाइरसको संक्रमण रोकथामको लागि लकडाउन नै उपयुक्त विधि भएको निष्कर्ष निकाल्दै बैठकले लकडाउनको अवधि थप्ने निर्णय गरेको हो । यसअघि थपिएको लकडाउनको अवधि बिहीबार सकिंदै थियो ।

                 मंगलबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा कोरोनाको जोखिमका आधारमा सबै जिल्लालाई रातो, तीन क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउनको स्वरुप परिवर्तन गर्ने प्रस्ताव पेश भएको थियो ।तर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले स्वरुप परिवर्तन नगरी लकडाउन लम्बाउनुपर्नेमा जोड दिनुभएको थियो । प्रधानमन्त्रीकै जोडमा लकडाउनको अवधि थपिएको हो ।

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६