ब्रेकिंग न्युज

ड्युटीकै अवस्थामा प्रहरी हबल्दारको मृत्यु



राजविराज, २५ वैशाख । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु भएको छ । ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी उहाँको आज एक्कासी मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।  प्रहरी हबल्दार मगरको मृत्युबारे तत्काल कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । यसअघि पनि एक सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक असइ को ड्युटीकै अवस्थामा मृत्यु भएको थियो । भारतसँग सीमा जोडिएको सप्तरीकोे बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असइ कुलबहादुर कार्कीको गत सोमबार मृत्यु भएको थियो ।

प्रकाशित : २५ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६