कपिलवस्तु २५ बैशाख ।भारतमा लकडाउनको स्वरुप बढेसंगै नेपाल फर्कने क्रम निरन्तर बढीरहेकोछ । गत मंगलवार देखि जिल्लाका बिभिन्न नाकाबाट फर्कनेहरु नेपाल प्रबेश गर्न खाजेका थिए । नेपाल प्रबेश गर्न दिन गृह मन्त्रालयको आदेश नहुदा उनीहरुलाई दशगजामा राखिएका छन । सशस्त्र प्रहरीले फर्कनेलाई धमाधम नियन्त्रणमा लिएर दशगजाा राखेको छ ।
बिहीवार साझ ६ बजे सम्म जिल्लाका बिभिन्न ६ नाकामा कुल ५ सय ७६ जना रहेको सशस्त्र प्रहरी उपरिक्षक जनकराज पुरीले बताए । कृष्णनगरमा १ सिय ३, हदौनामा १ सय ३५, मर्यादपुरमा ७०, चाकरौडामा ९६, हथिहवामा १६भिल्मीका १ सय २७ जना छन । उता भारतले मर्यादपुरबाट आफनो देशको क्वारेन्टाईनमा लगको ८८ जना पनि क्वारेण्टाइनमा बस्न नमानेर फर्केर सिमा क्षेत्रमै आएको प्रजिअ दीर्घ नारायण पौडेलले बताए । भारतले क्वारेन्टाईनमा लगेकाहरु फेरी मर्यादपुमरा फर्किन थालेका उनले बताए । नाकाबाट फर्कनेहरु निरन्तर बढे पछि त्यसको ब्ष्यवस्थापनमा निकै गाह्रो परेको छ । घामपानी, हावाहुरीमा खुला आकाशमुनी उनीहरु बस्न बाध्य छन । प्रहरीको आखा छलेर नेपाल भित्र खोज्नेहरु प्रति शसस्त्र प्रहरी चनाखोपूर्वक खटेको वताइन्छ । यता कपिलवस्तुमा बिहीवार सम्म कुल १ हजार १०५ जनाको र्यापिड टेस्ट भएको छ ।
बिहीवार शिवराजमा २ र कपिलवस्तुका एक टेस्ट भएकाछन् । सबैको रिपार्ट नेगेटिभ रहेको जिल्ला स्वास्थय कार्यालय प्रमुख योगेन्द्र भगतले बताए । उता र्यापीड टेस्ट र पिसिआरकालागि आवश्यक किट नहुदा टेस्ट प्रभाभित भएको भगलते बताए । टेस्टकालागि चाहिने आवश्यक सामाग्री प्रदेश सरकारसंग माग गरिएको उनको भनाइछ ।।
प्रतिक्रिया