विचार/ब्लग

कोरोनापछिको समग्र लुम्विनीको पर्यटन संभावना



प्रदेश ५ मा महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु पर्छन् । लकडाउनपछिको दौरानमा यहाँको पर्यटन क्षेत्र पनि एकदमै धरासय भएको छ । हाम्रो प्रदेश(५ भनेको एैतिहासिक पुरातात्विक खुला संग्रहालयको रुपमा हेर्न सकिन्छ ।यसमा विशेष गरि लुम्बिनी छ । कपिलवस्तुमा बुद्धसँग सम्बन्धित ठाँउहरु छन् । दाङ,बाँके,बर्दीया, पाल्पा जस्ता महत्वपूर्ण ठाँउहरु छन् । यसलाई प्रदेश(५ सरकारले पनि प्रदेशभित्र रहेका राष्ट्रिय गौरवका योजनासँग सहकार्य गरेर निकै चासो दिएर काम गरिरहेको थियो र मुख्यमन्त्री स्वयं आफैंले पनि प्राथमिकताका साथ यो काम गरिरहनु भएको थियो ।

            प्रदेश सरकारले र सम्बन्धित स्थानीय सरकारहरुले पर्यटन क्षेत्रहरुलाई चासो दिएर लगानीका साथै त्यहाँका व्यक्तिहरुको आयस्रोत बढाउनका लागि,बेरोजगारहरुलाई रोजगार दिनका लागि भनेर एकदम पहल भईरहेको थियो । संयोग भनौं विश्वभरी कारोनाको कारणले गर्दा अहिले स्थिति एकदम नाजुक छ । होटेल व्यवसायहरुपनि बन्द छन् । पर्यटकहरु आउने अवस्था छैन । लकडाउन छ । त्यसले गर्दा वर्तमान स्थितिमा प्रदेश(५ को पर्यटन क्षेत्र पनि एकदम नाजुक अवस्थाबाट गुर्जिरहेको छ ।

                हुन त पर्यटन मात्रै होईन सबै क्षेत्र प्रभावित बनेको छ । आमदानीका श्रोतहरु न्यून भएको छ । राजश्वपनि न्यून स्थितिमा छ । अब स्थिति एकदम गाह्रो छ । तर कम्तिमा सरकारले कोरोना समाप्त भइसकेपछि,लकडाउन समाप्त भईसकेपछि योजना बनाउनुपर्छ । सन् २०२० भित्र त विदेशी पाहुनाहरु आउन गाह्रै छ ।

                सन् २०२१ को योजना बनाएर नेपाल सरकार र प्रदेश सरकारले समन्वय गरेर काम गर्नुपर्छ । नेपाल हरियाली छ । सुन्दर छ । यहाँ भगवान गौतम बुद्ध जन्मनु भएको ठाँउ छ । हिमाल छ । सीता जन्मनु भएको ठाँउ छ भनेर प्रचार गर्न सकिन्छ । केही नभएपनि हाम्रा छिमेकी मुलुक भारत र चीनका पर्यटकहरुलाई यहाँ ल्याउन सकियो भने, घुम्ने वातावरण बनायो भने केही सुधार हुन्छ भन्ने मलाई लाग्छ ।सबैभन्दा पहिले त हेरौं अब यो कोरान कहिलेसम्म चल्छ । नेपालको महत्वपूर्ण श्रोत र कर तिर्ने पर्यटन क्षेत्र पनि हो । त्यसले नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्ष भनेर योजना बनाएको थियो ।

                    कोरोनाकै कारणले रोकियो । लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन गर्ने भनिएको थियो यो पनि कारोनाका कारणले स्थगित भयो । अब हामीले विश्वको कोरोनाको अवस्था हेरेर सन् २०२० मा छिटै समाप्त भयो भने सन् २०२१ मा योजना बनाएर कम्तिमा केही विदेशी पर्यटकहरुलाई र आन्तरिक पर्यटकलाई आर्कर्षित गर्न केही योजना बनाउने सोंच्नुपर्छ अहिले सबैको मनमा एउटा त्रास छ । मान्छेहरु घरमा बसिरहेका छन् । उनीहरुलाई ‘बोर फिलिङ’ पनि भईरहेको छ ।

                 केही नभएपनि देशभित्रका आन्तरिक पर्यटकलाई ठाँउठाँउमा एउटा प्याकेज बनाउने जसमा सरकारको पनि थोरै लगानी होस् र व्यक्तिहरुको पनि लगानी होस् । यसरी पारिवारिक यात्राका लागि योजना बानाएर सरकार जानुपर्छ । यसबाट एउटा राम्रो वातावरण हुन्छ र मानिसहरुको मनपनि स्वच्छ भएर जान्छ । यो सरकारले गर्न अति आवश्यक देख्छु । यसमा नीजि क्षेत्रबाट होटेल एशोसियसन छन् अरु पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्थाहरु छन् । यिनिहरुले पनि सरकारसँग बसेर एउटा प्याकेज बनायो भने एकदम राम्रो हुन्छ ।

            बुद्ध जयन्तीको दिन समापन गर्ने भनेर लुम्बिनी भ्रमण बर्षका रुपमा प्रदेशको कार्यक्रम भईरहेको थियो । त्यो भ्रमणबर्ष बुद्ध जयन्तीकै दिन उद्घाटन भएको थियो । प्रदेश सरकारले ठाँउठाँउमा कार्यक्रम गरिरहेको थियो । देशभर प्रचारप्रसारको कार्यक्रम भईरहको थियो । प्रदेश—५ का ऐतिहासिक तथा पुरातात्विक लगायका ठाँउहरुमा कार्यक्रम भईरहेको थियो । यसले आन्तरिक पर्यटनहरु बढीरहेका थिए । कपिलवस्तु, लुम्बिनीमा दिनहुँ मानिसहरु बढिरहेका थिए ।अब २०२१ मा प्रदेश सरकारले आफ्नो योजना बनाएर कम्तिमा लुम्बिनी भ्रमणबर्ष जस्तै केही नाम दिएर वा लुम्बिनी भ्रमण बर्षलाई निरन्तरता दिएर हुन्छ कि के गरेर पर्यटक बढाउन सकिन्छ कार्यक्रम घोषणा गर्नुपर्छ । कोरोनाको समाप्त भइसकेपछि तीन दिनको कार्यशाला भएपनि गर्ने भन्ने सोंचमा छौं । हेर्दै जाँउ अब परिस्थिति कस्तो हुन्छ ।

                यस्तो महामारी चलिरहेको बेलामा केन्द्र सरकारले चाहेर मात्रै पनि हुँदैन । विश्वमा अशान्ति भइरहेको छ । अब शान्ति भयो भने लुम्बिनी विकास कोषले आगामी दिनहरुमा लुम्बिनीमा लुम्बिनी होटेल व्यवसायी संघका साथीहरु राखेर रामग्राम, कपिलवस्तु, देवदहका मेयरसापहरुसँग र अन्य स्थानीय सरकारहरुसित बस्छौं । विदेशी पर्यटकहरु र आन्तरिक पर्यटकहरु कसरी ल्याउन सकिन्छ रु एउटा उत्सव गरेर हुन्छ कि एउटा महोत्वस गरेर हुन्छ की के गरेर हुन्छ कोरोनाको समाप्ति भएपछि उहाँहरुसँग एउटा नयाँ अन्तरकृया गरेर योजना गरेर अगाडी बढाउने भन्ने एउटा सोंच छ ।लुम्बिनी विकास कोषकै अवस्था अहिले सहज छैन । एउटा विदेशी पर्यटक पनि लुम्बिनीमा आउने अवस्था छैन । नेपाल सरकारले दिने बजेट, निर्माण र स्थायी कर्मचारीहरुका तलबका लागि आउँछ । करार,ज्यालादारी कर्मचारीहरु हाम्रो आन्तरिक श्रोतबाट व्यवस्थापन गरेका थियौं । जुन विभिन्न शुल्कहरु उठ्यो त्यो एक रुपैयाँ पनि उठेको छैन ।

                निर्माण कामका लागि नेपाल सरकारले गरेको बजेट त यथावत छ । हामीसँग श्रोतहरु भएन भने हामीलाई विभिन्न कार्यक्रहरु ग्र्न अलि गाह्रै हुन्छ । नेपाल सरकारसँग पनि पैसाको अभाव हुन सक्छ अहिले स्वास्थ्य क्षेत्रमा खर्च भईरहेको छ । सबैभन्दा ठूलो त मान्छेको ज्यान हो । अपेक्षा गरौं सबै राम्रो हुँदै जाने छ । अहिले वास्तवमा लुम्बिनी भगवान गौतम बुद्ध २५६४ बर्ष अगाडी जन्मदातिरको वातावरण जस्तो थियो होला अहिले विदेशीहरुहरुलाई हेर्ने अवस्था यस्तै छ । पुरै फूलले सजिएको छ । चराचुरुङ्गीहरुको आवाज सुन्न पाईन्छ । विभिन्न जातका जनावरहरु देख्न पाईन्छ । शान्त वातावरण छ । अहिले हामी २५६४ बर्ष अगाडीको लुम्बिनीको कल्पना गर्न सक्छौं ।

        अब लकडाउन खुलीसकेपछि लुम्बिनी विकास कोषले माननीय मन्त्री ज्यूसँग सल्लाह गरेर प्रधानमन्त्री ज्यूसँगै सल्लाह गरेर आन्तरिक पर्यटक भित्राउने योजना बनाउँछौं । विदेशी पर्यटक त कस्तो हुन्छ विश्व अर्थतन्त्रले पनि निर्धारण गर्ने कुरा हो ।हामीले आन्तरिक पर्यटक बढाउनका लागि पनि यो बुद्ध जयन्तीपछि चाँडै बैठक बस्ने भन्ने सोंच बनाईरहेका छौं । लकडाउन खुलेपछि माननीय मन्त्री ज्यूको अध्यक्षतामा बैठक बस्छ । आन्तरिक पर्यटकहरुलाई पनि ल्याएर घुमाउँदाखेरी यहाँका होटेल व्यवसायीदेखि लिएर अन्यलाई पनि एक दुई पैसा आर्थिक सहयोग हुन्छ भनेर योजना बनाएका छौं ।

        लकडाउन खुलेपछि तीनवटा जिल्लाका होटेल व्यवसायी संघका अध्यक्ष ज्यूहरुसँग एकचोटी राखेर छलफल गछौं कि के गर्दा राम्रो हुन्छ । उहाँहरुलाई पनि मर्का नपरोस् । हिजो आन्तरिक पर्यटक आउँदा ४,५ हजार रुपैयाँ पर्ने कोठालाई एउटा छुट लिएर प्याकेजमा जान सकिन्छ यसले आन्तरिक पर्यटकहरु आउन सहज हुन्छ । लकडाउन खुलेपछि प्रदेशका होटेल एशोसियसनसँग छलफल गर्ने सोंच बनाईरहेका छौं ।

-लुम्विनी विकास कोषका कार्यकारीणी सदस्य राजेश ज्ञजालीको फेसबुकवाट 

प्रकाशित : २५ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६