अन्तर्राष्ट्रिय

कोरोना कहरः मृतकको संख्या २ लाख ७० हजार नाघ्यो, ३९ लाख १५ हजारबढी संक्रमित



एजेन्सी, २६ बैशाख । चिनको बुहानमा देखा परेर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार ६९४ पुगेको छ । कोरोना भाइरसको संक्रमण ३९ लाख १५ हजार ८३६ जनामा देखा परेको वल्डोमिटरके तथ्याङ्कमा उल्लेख छ । एकैदिन ९५ हजार बढीमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ ।

            संक्रमितमध्ये १३ लाख ४१ हजार १०६ जना उपचारपछि निको भएका छन् । बिरामी रहेका २३ लाख ४ हजार ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत मध्ये ४८ हजार ९६० जनाको अवस्था गम्भीर रहेको छ । युरोपियन मुलुकमा कोरोना संक्रमितको संख्या १५ नाघेको छ । युरोपका देशहरुमा १ लाख ४८ हजार बढीले ज्यान गुमाई सकेका छन् ।

            एसियाली देशका कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको २१ हजार नाघेको छ । सबैभन्दा बढी संक्रमण देखिएको अमेरिकामा कोरोनाको संक्रणबाट ज्यान गुमाउनेको संख्या ७६ हजार ९२८ पुगेको छ । स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ८५५ पुगेको छ । स्पेनमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ हजार ७० पुगेको छ । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार ६१५ पुगेको छ ।

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६