अन्तर्राष्ट्रिय

भारतमा कोरोनाले १ हजार ८८९ को मृत्यु, ५६ हजार बढी संक्रमित



एजेन्सी, २६ बैशाख । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ८८९ पुगेको छ । गत २४ घण्टामा कोरोनाका कारण थप १०४ जनाले ज्यान गुमाएसँगै भारतमा मृतकको संख्या १ हजार ८८९ पुगेको छ । भारतमा एकैदिन थप ३ हजार ३६४ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५६ हजार ३५१ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।  भारतमा संक्रमितमध्ये १६ हजार १४२ जना उपचारपछि निको भएका छन् । ३७ हजार ६८६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

        सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ । एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ६४१ जनाले ज्यान गुमाएका छन् भने १ लाख ३३ हजार बढी संक्रमित छन् । 

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६