कपिलवस्तु, २६ बैशाख । देशका मध्य र पूर्वका पहाडी भूभागमा शुक्रबारको मौसम आंशिक देखि सामान्य बदली हुने र बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरूमा साथै तराईका केही स्थानमा मेघगर्जन, तथा चट्याङ्सहित वर्षाको सम्भावना रहेको मौषमविदले जनाएका छन् ।
तीन दिनको मौसम पूर्वानुमान
बैशाख २६ गते शुक्रबार
दिउँसोः देशको पूर्वी भूभागमा सामान्य बदलि र बाँकि भूभागमा आंशिक बदलि रहनेछ ।देशका पूर्वी भूभागका थोरै स्थानहरूमा साथै मध्य र पश्चिमका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी भुभागमा सामान्य बदली अनि मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली भई बाँकि भूभागमा सामान्यतया सफा रहनेछ। पुर्वी भू(भागका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
बैशाख २७ गते शनिबार
दिउँसोः देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकि भूभागमा आंशिक बदलि रहनेछ। देशका पहाडी भूभागका केहि स्थानहरुमा र तराइका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशका मध्य र पुर्वका भूभागमा सामान्य बदली भई बाँकि भूभागमा आंशिक बदली रहनेछ। मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
बैशाख २८ गते आइतबार
दिउँसोः देशभर सामान्य बदली रहनेछ । पश्चिमि भूभागका केहि स्थानहरुमा अनि मध्य र पुर्वका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य बदली रहनेछ। मध्यका केहि स्थानकरुमा अनि पुर्व र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन रचट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको पुर्वी भूभागका थोरै र पश्चिमका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग र असिना सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया